दर्ता. न‌: २४५/०६५/०६६

शिक्षा तर्फ गरेको लगानी र विद्यार्थीहरुको वास्तविक प्रगति पत्ता लगाउन पालिका स्तरीय उपलव्धि परिक्षा सञ्चालन

 १४ चैत्र ०७७ । दिपेन्द्र परियार,बरेङ ।  बागलुङको बरेङ गाउँपालिकामा शिक्षा तर्फ गरेको लगानी र विद्यार्थीहरुको वास्तविक प्रगती पत्ता लगाउन गाउँपालिका स्तरिय उपलव्धी परिक्षा सञ्चालन भएको छ । गाँउपालिका स्तरिय उपलव्धी परिक्षा २०७७ पालिका स्थित ५ वटा वडामा रहेका ५ वटा माध्यामिक विद्यालयहरुमा शनिबार देखी सञ्चालन गरिएको हो । 


गाउँपालिका स्तरिय उपलव्धी परिक्षामा प्रत्येक वडामा अध्ययनरत विद्यार्थीहरु आफ्ना वडा भित्र तोकिएका केन्द्रहरुमा उपस्थित भई परिक्षा दिनु पर्नेछ । शनिबार वडा नं. १ को धुल्लुलिउवा माध्यामिक विद्यालय लिउँवा, वडा नं.२ को सर्वोदय माध्यामिक विद्यालय बरेङ, वडा नं.३ को शारदा माध्यामिक विद्यालय बाटाकाचौर, वडा नं.४ को सल्यान सुखौरा माध्यामिक विद्यालय, वडा नं. ५ को महेन्द्र माध्यामिक विद्यालय सुखौरामा वडा भित्रका विद्यालयहरु देखी परिक्षार्थीहरु सहभागी भएका छन ।

 शनिबार पहिलो दिन कक्षा ४ को नेपाली विषय, कक्षा ७ को गणित विषय र कक्षा ९ को अंग्रजी विषयको परिक्षा सञ्चालन गरिएको छ । गाँउपालिकाले शिक्षा तर्फ गरेको लगानीमा विद्यार्थीहरुको शिक्षा प्रतीको वास्तविक प्रगती पत्ता लगाउन यो परिक्षा निती अपनाईएको बरेङ गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद चालिसेले बताउनु भएको छ । गाउँपालिका स्तरिय उपलव्धी परिक्षा गाउँपालिका शिक्षा शाखाले ताकिएको समयमा सञ्चालनमा रहने छ भने केन्द्र रहेका विद्यालयका प्रधानध्यापक केन्द्राध्यक्ष रहने छन । 

 शनिबार तोकिएका ५ वटा केन्द्रमा कक्षा ४ का २ सय २४ जना, कक्षा ७ का २ सय ५२ जना र कक्षा ९ का २ सय ४२ जना परिक्षार्थीहरु गरी जम्मा ७ सय १८ जना परिक्षार्थीहरु परिक्षामा सहभागी भएका छन ।

« मंगलापुर युवा विकास केन्द्र गुरुङधाराको ५ औँ वार्षिकोत्सवको मूल समारोह सम्पन्न, जेष्ठ नागरिकलाई सम्मान «

» बरेङमा राष्ट्रिय हात्तीपाईले रोग निबारण कार्यक्रम आम औसधी सेवन अभियानको गाँउपालिका स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal