दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा राष्ट्रिय हात्तीपाईले रोग निबारण कार्यक्रम आम औसधी सेवन अभियानको गाँउपालिका स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न

दिपेन्द्र परियार १७ चैत्र ०७७ । पटक पटक औसधी सेवन गर्दापनि हात्तिपाईले रोग निबारण सर्बेक्षणमा असफल हुनुका पछाडी मुख्यत जनचेतनाको कमी ,औसधी पर्तीको नकारात्मक बुझाई रहेको बताएका छन ।

मंगलबार बरेङगाँउपालिका को सुदालामा सम्पन्न राष्ट्रिय हात्तीपाईले रोग निबारण कार्यक्रम आम औसधी सेवन अभियानको गाँउपालिका स्तरिय योजना तर्जुमा गोष्ठी कार्यक्रममा सहभागीले यस्तो बताएका हुन ।

ब्यापक रुपमा प्रचारप्रसार स्वास्थ्यकर्मीको प्रतक्ष निगरानीमा हात्तिपाईले रोगको औसधी खुवाउन सके यो रोग निबारण गर्न सफल हुने सहभागीहरुको बुझाई  छ ।

हात्तीपाईले रोग बिरुद्धको आम औसधीसेवन कार्यक्रमलाई थप प्रभाबकारी ब्यबस्थित र नतिजामुखि बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताउनु भयो ।

बरेङ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुन र स्टाफ नर्स मार्टिना थापाले कार्यक्रमको उद्धेश्य र हात्तिपाईले रोग सम्बन्धी सहजीकरण गर्नुभयो ।

बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन प्रमुख प्रशासकिय अधिकृत रमेस थापा,पालिकाका ५ वटै वडाका वडा अध्यक्षहरु,बिभिन्न दल तथा संघ सस्थाका प्रतिनिधिहरु निजी किल्नीकका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । बरेङ गाँउपालिका का अध्यक्ष कृष्ण प्रशाद शर्मा को अध्यक्षता स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गण्डकी प्रदेशका बाग्लुङ पर्बत र लम्जुङ गरि ३ जिल्लासहित देश भरिका १३ जील्लामा यहि चैत्र २० गते देखि स्वास्थ्यकर्मीको प्रतक्ष निगरानीमा हात्तीपाईले रोग बिरुद्धको औसधी खुवाईदै छ ।  

ओछ्यान परेका बिरामी, २ बर्ष भित्रका बालबालिका , ७ दिन भित्रका सुत्केरी र गर्भवति बाहेक सबै ब्यक्तिहरुले औसधी सेवन गरि कार्यक्रमलाई सफल र प्रभाबकारी बनाउन गाँउपालिकाले अनुरोध गरेको छ ।

« शिक्षा तर्फ गरेको लगानी र विद्यार्थीहरुको वास्तविक प्रगति पत्ता लगाउन पालिका स्तरीय उपलव्धि परिक्षा सञ्चालन «

» बरेङका बिद्यालयहरु बन्द नहुने,बालबालिका घरमा भन्दा बिद्यालयमा सुरक्षित »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal