दर्ता. न‌: २४५/०६५/०६६

गाउँ विपद व्यवस्थापन समितिकाको बैठक ः आगोलागि तथा डढेलो नियन्त्रण देखि आवाधिक योजना निर्माण सम्मका निर्णय

दिपेन्द्र परियार १७ चैत्र ०७७ । बरेङ गाँउकार्यपालिका गाउँ विपद व्यवस्थापन समितिकाको बैठकमा विभिन्न १६ वटा प्रस्ताव माथी छलफल गरिएको छ ।

बैठकमा आगोलागि तथा डढेलो लाग्न नदिन तथा त्यसबाट जोगिने विषयमा जनचेतनाको लागि स्थानिय रेडियो तथा बिभिन्न सञ्चार माध्यम मार्फत सूचना बजाउने र नियतबस आगलागी गर्नेलाई कार्वाहीको दायरामा ल्याउने, खोला÷नदिजन्य पदार्थको उत्खननमा करेन्ट लगाई माछा मार्ने लाई प्रहरी प्रशासनद्वारा कार्वाही गर्नेे, ग्यास विस्फोटक पदार्थ÷पेट्रोलियम पदार्थ बेचबिखन नियमन गर्ने, स्थानीय सडक तथा पूर्वाधार दुर्घटना रोक्नका लागि सडकहरुमा निर्माणकार्य वा उत्खननले अवरोध गर्न नपाईने, विपद प्रतिकार्यका लागि आपतकालीन नमुना अभ्यास मार्फत सचेत गर्ने, बजार अनुगमन खाद्य तथा अखाद्य पदार्थ पदार्थको अनुगमन गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

जनावर आतङ्क, वन संरक्षण तथा सामुदायिक वन उपभोक्ता समितिसङ्ग साझेदारी गरि संरक्षण गर्ने, विपद व्यवस्थापन सम्वन्धी कार्यक्रम सन्चालन गर्ने, विपद प्रभावित क्षेत्र तथा घर परिवारको पहिचान तथा स्थानान्तरण गर्ने, खोज तथा उद्दार सामाग्रीको व्यवस्थापन, स्थानीय तटबन्ध र पहिरो नियन्त्रण गर्न सस्थागत रुपमा ग्याबिन जाली प्रयोगमा ल्याउने र स्थानीय आपतकालीन कार्यसन्चालन केन्द्र ईलाका प्रहरी कार्यालय बरेङडाँडाको जिम्मेवारी लगायतका विषयमा बैठकमा छलफल गरिएको छ ।

बैठकमा गाउँ कार्यपालिकाका पदाधिकारी, राजनिती दलका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार लगायतको उपस्तिथि रहेको बरेङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

वडा स्तरीय विपद व्यवस्थापन प्रतिवेदन, कोभिड–१९ कोरोना भाईरस पुन फैलिन सक्ने सम्भानालाई ध्यानमा राख्दै कोभिड ब्यबस्थापन तर्फ आबस्यक तयारीका साथ लाग्नुपर्ने गाउँपलिका स्वास्थ संयोजक पदम बहादुर पुनले बताउनु भएको छ ।

आवाधिक योजना निर्माणको विषयमा पनि बैठकमा छलफल गरिएको छ । गाउँपालिकामा आगामी ३ वर्षको योजना निर्माणको लागि क्षेत्रगत विशेषज्ञहरु उपस्थित भई वडामा क्षेत्रगत तथ्याङ्क संकलन गर्ने भएकोले योजना निर्माणको लागि सहयोग गर्न सरोकारवालाहरु लाई आग्रह गरिएको छ ।

« बरेङका बिद्यालयहरु बन्द नहुने,बालबालिका घरमा भन्दा बिद्यालयमा सुरक्षित «

» बरेङका ५ जना पशुपालक कृषकलाई अनुदानमा च्यापकटर बितरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal