दर्ता. न‌: २४५/०६५/०६६

बरेङ बजारमा १५ दिन भित्र सिसि क्यामेरा जडान हुने ः फ्रि वाईफाईको समेत सुबिधा

दिपेन्द्र परियार १८ चैत्र ०७७ । बरेङ गाँउपालिकाले बरेङ बजारमा सिसि क्यामेरा जडान तथा खुल्ला क्षेत्रमा ईन्टरनेट बिस्तार गर्नेभएको छ ।

बरेङ बजारको शान्ति सुरक्षा ब्यबस्थित गर्न साथै बजारमा हुन सक्ने अपराधिक गतिबिधिलाई नियन्त्रण गर्नका लागी १५ दिन भित्र बजारमा सिसि क्यामेरा जडान गरिसक्ने बरेङ गाँउपालिकाका सुचना प्रबिधी अधिकृत राजन कार्किले बताउनु भयो । बजारमा जडित सिसि क्यामेरा मार्फत ईलाका प्रहरी कार्यालय बरेङडाडाँ तथा बरेङ गाँउपालिकाको कार्यलय सुचना प्रशासन शाखाबाट निगरानी गरिने छ । 

साथै आम नागरिक र सेवा ग्राहिको आबस्यकतालाई ध्यानमा राखेर पालिकाले पहिलो चरणमा गाँउपालिकाको कार्यलय आसपास र सबै वडाकार्यलय आसपासमा फ्रि ईन्टरनेट बिस्तार गर्न लागेको बरेङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनु भयो  ।थापाका अनुसार जनघनत्व बढि भएका स्थान तथा सभा सम्मेलन बैठक आदि हुने स्थानमा समेत क्रमस फ्री इन्टरनेट बिस्तार गरिने  छ ।  

« बरेङका ५ जना पशुपालक कृषकलाई अनुदानमा च्यापकटर बितरण «

» जनशक्ति युवा क्लब पोखराचौरको पहिलो वार्षिकोत्सवको उद्धघाटन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal