दर्ता. न‌: २४५/०६५/०६६

जनशक्ति युवा क्लब पोखराचौरको पहिलो वार्षिकोत्सवको उद्धघाटन

दिपेन्द्र परियार १८ चैत्र ०७७ । जनशक्ति युवा क्लब बरेङ गाँउपालिका २ पोखराचौरको पहिलो वार्षिकोत्सवको उद्धघाटन भएको छ ।

बुधबार बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसादशर्माले दिप प्रज्वलन गरेर, बरेङ गाउँपालिकाका प्रवक्ता नरबहादर विकले रिवन काटेर र क्लबका अध्यक्ष लिलबहादुर थापाद्धारा बल हानेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

मंगलापुर गुरुङधारा र बराहकोट भण्डारखोलाबिच भएको उद्घाटन खेलमा  गुरुङधारा बिजेता भएको छ । क्लबले पुरुष भलिबल, भुपु भलिबल, नृत्य र घैटो फोर प्रतियोगिता सञ्चालन गरेको छ ।

कार्यक्रम क्लबका अध्यक्ष लिल बहादुर थापाको अध्यक्षता कल्बका सल्लाहकार केसबराज क्षेत्रीको स्वागत तथा दुर्गा बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

« बरेङ बजारमा १५ दिन भित्र सिसि क्यामेरा जडान हुने ः फ्रि वाईफाईको समेत सुबिधा «

» बिद्यार्थिको चौतर्फी बिकासका लागी राष्ट्रपति कप रनिङशिल्ड ः ढुङगाना »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal