बिद्यार्थिको चौतर्फी बिकासका लागी राष्ट्रपति कप रनिङशिल्ड ः ढुङगाना
दिपेन्द्र परियार २१ चैत्र ०७७ । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले बिद्यार्थिको चौतर्फी बिकासका लागी राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
शनिबार बाग्लुङको बरेङ गाँउपालिकामा तेस्रो राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै ढुङगानाले खेलकुदको समुचित बिकास तथा बिस्तारका लागि प्रारम्भिक आधारको रुपमा रहेका बिद्यालयहरुलाई केन्द्रबिन्दु बनाई खेलकुद मार्फत प्रतिभाको खोजी गर्दै प्रतिभाहरुको संरक्षण, प्रबद्र्धन गर्दै ,राष्ट्र निर्माण एवं बिकासमा कार्यक्रमले महत्वपुर्ण भुमीका खेल्ने बताउनुभएको हो ।
राष्ट्रपति कप रनिङशिल्ड प्रतियोगिताले उत्कृष्ट अनुशासित र सक्षम खेलाडीहरु तयार पार्दै भबिश्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी हरु उत्पादन गरेर देशकै छबि उच्च बनाउन योगदान पु¥याउने खेलाडी तयार गर्ने लक्ष लिएपनि सरकारले स्रोत र साधनका हिसाबले मजबुद बनाउन नसकेको धारणा राख्नु भयो ।
खेलाडी राज्यको सम्पती भएपनि खेलकुद क्षेत्रबाट अगाडी बढ्न चाहने प्रतिभाको संरक्षणमा राज्यको कोसिस कमजोर रहेको भन्दै खेलाडीहरुलाई उचित र सहि तरिकाले संरक्षण गर्न नसकेको बताउनु भयो । राज्यसञ्चालनको मुख्य ओहोदामा भएकाहरुले आफ्नो स्वार्थका लागी खेलकुदको बजेट परिचालन गर्ने परिपाटिले खेलाडीहरु पलाएन हुने गरेको ढुङगानाको भनाई छ ।
कार्यक्रमका बिशिष्ट अतिथि बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बरेङ गाँउपालिकाले शिक्षा र खेलकुदलाई एकसाथ लिएर सबैखाले प्रतिभाको पहिचान गर्दै समान अबसर प्रदान गर्ने बताउनु भयो । बिद्यालयमा हुने एकओहोरो सैद्धान्तिक ज्ञानले मात्रै उनिहरुको बिकास नहुने भन्दै बिद्यार्थिको चौतर्फी बिकासका लागी खेल जरुरी रहेको शर्माको भनाई छ ।
कार्यक्रम बरेङ गाँउपालीकाका सामाजिक बिकास तथा खेलकुद बिकास समितिका संयोजक नर बहादुर बिकको अध्यक्षता पालिकाका प्रमुख प्रशाषकिय अधिकृत रमेस थापाको स्वागत तथा शिक्षा अधिकृत सुर्य प्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
« जनशक्ति युवा क्लब पोखराचौरको पहिलो वार्षिकोत्सवको उद्धघाटन «







