दर्ता. न‌: २४५/०६५/०६६

गायिका शर्मिला गुरुङको ‘पानै र चौकाले’ बरेङ तिज मेलामा धमक्का !

२९ भाद्र २०७५, बरेङ । पानै र चौकाले भैयो भेट बेला र मौकाले, बगेको खोला फेरी भेट होला कि नहोला  कुनौ जमनामा चर्चित यो गितले बरेङ तिज मेलामा रौनकता थप्यो । राष्ट्रिय लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले यो गित गाउन शुरु गरेपछि कम्मर मर्काइ मर्काइ नाच्नेहरुको संख्या दर्शकहरुमा मात्र सिमित रहेन मञ्चमा आशिन अतिथि, कलाकार एबं प्रस्तोताले समेत मन थाम्न सकेनन्, अन्तत सबै नाचे, मानौ कुनै समुह नृत्यको आयोजना गरिएको जस्तो दृश्यको अनुभुति भएको थियो ।

बास्तबिक लोक गित संगित त्यो हो जसले लोकहरुको मन जित्न सफल हुन्छ । नेपाल र नेपालिहरुको मन छुने गरि भौगोलिका ब्याख्यान र सामाजिक परिदृश्य समेटिएर बनाईएको यस्ता पुराना चुड्के गित संगितहरुले मन नछुने नेपालीहरु सायदै होलान । त्यही पुरानो प्रत्याभुती र दृश्य कार्यक्रममा देखिएको थियो ।

स्वरकी धनी, मन छुने पुराना लोक गितहरुका गायिका गुरुङ ग्रामिण जनसहभागिता बिकास केन्द्र बरेङ बागलुङको निमन्त्रणामा तिजको मेला भर्न बरेङ आईपुगेकी हुन र सोहि अबसरमा उनले यो गित प्रस्तुत गरेकी थिईन् । गायिका गुरुङले फाटि सक्यो होला आमा मैले बोक्ने डोको बिर्सिएको छैन आमा दुख्ख बाड्दै रोको, फर्क मुग्लानी मेला पात गरेनी खान पुग्लानी, हाम फलेर मरौ कि त्रिशुलीको पानिमा घरमा बसम सौता छ माईत सानिमा लगायतका दर्जनौ गित प्रस्तुत गरिन् ।

ग्रामिण जनसहभागिता बिकास केन्द्र बरेङको १८ औं बार्षिकोत्सब अन्र्तगत बिषेश साँस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक  तथा सर्जक खेम सेन्चुरी, सिता राना, उदय पुन तथा नृत्यकार कबिता सेन्चुरिले आफ्ना प्रस्तुति दिएका थिए । 

हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसर पारि आयोजना गरिएको बार्षिकोत्सब कार्यक्रम बिबिध कार्यक्रम सहित अझै जारि रहेको आयोजकले जनाएको छ । केन्द्रले बिगतका बर्षहरु बाटनै यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

 

« ‘अनलाईन तिज कम्पिटिसन २०७५’उत्कृष्ट ६ को स्टेजमै घम्साघम्सी,मिना बनिन् बिजेता उपबिजेतामा बिरु । «

» गाडीले ठक्कर दिँदा विद्युत पोल भाँचियोः विद्युत अवरुद्ध »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal