बरेङ गाँउपालिका स्तरीय तेस्रो राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिता को उपाधी पुरुषोद्धय माबि बराहकोट लाई
दिपेन्द्र परियार २१ चैत्र ०७७ ।बरेङगाँउपालिका स्तरीय तेस्रो राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिता को उपाधी पुरुषोद्धय माबि बराहकोटले हात पारेको छ ।
बरेङ गाउँपालिकाले आयोजना गरेको पालिका स्तरिय ‘तेस्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता’को उपाधि पुरुषोद्धय माध्यमिक विद्यालयले जितेको हो। भृकुटि माध्यमिक बिद्यालय हुग्दिसीर काफलबोटमा सम्पन्न प्रतियोगितामा कुल ९ वटा पदक जित्दै पुरुषोद्धयले तेस्रो राष्ट्रपति रनिङ सिल्डको उपाधि हात पारेको हो। गत वर्ष सर्बोद्धय माबिले उपाधि जितेको थियो।
प्रतियोगितामा पुरुषोद्धयले १ स्वर्ण, चार रजत र चारवटा कांस्य पदक हात पा¥यो । प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय दोस्रो भयो। महेन्द्रले ३ स्वर्ण, दुई रजत र एक कांस्य गरी कुल ६ वटा पदक जित्यो। सर्बोद्धय माध्यमिक विद्यालय बरेङले तेस्रो स्थान हासिल ग¥यो। सर्बोद्धयले २ स्वर्ण, दुई रजत र एक कांस्य गरी कुल पाँच वटा पदक जित्यो।
पहिलो हुने पुरुषोद्धयले रनिङ सिल्ड र ट्रफीसँगै प्रमाण पत्र पुरस्कार पनि हात पा¥यो। दोस्रो हुने महेन्द्र माध्यमिक बिद्यालय सुखौरा र तेस्रो हुने सर्बोद्धय माध्यमिक बिद्यालय बरेङ बजारले प्रमाण पत्र पाएको जानकारी गाउँपालिकाको खेलकुद तथा शिक्षा बिकास समितिका संयोजक नरबहादुर बि.क.ले जानकारीदिनुभयो । शनिबार सम्पन्न उक्त प्रतियोगितामा पालिका भित्रका ७ वटा विद्यालयका २ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए। प्रतियोगितामा छात्र÷छात्रा एथलेटिक्स र भलिबलसँगै विभिन्न खेलका १४ वटा स्पर्धा समावेश गरिएको थियो।
« बिद्यार्थिको चौतर्फी बिकासका लागी राष्ट्रपति कप रनिङशिल्ड ः ढुङगाना «







