जनशक्ति पोखराचौरको मुल समारोह ः जेष्ठ नागरिक सम्मान
दिपेन्द्र परियार २२ चैत्र ०७७ ।जनशक्ति युवा कल्ब बरेङ गाँउपालिका २ हुग्दििशिर पोखराचौरले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
आफ्नो पहिलो बार्षिकोत्सबको मुलसमारोहमा कल्बले आईतबार ९ जना जेष्ठ नागरिक र अतिथिहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले समाज परिवर्तन र बिकासमा जेष्ठ नागरिकको महत्वपुर्ण योगदान रहेको भन्दै उनिहरुको अनुभब र योगदानको उच्च सम्मान गर्नु सबैको दायित्व भएको बताउनु भयो । जेष्ठ नागरिक सम्मान कार्यक्रमले सामाज परिवर्तन र पुस्ता हस्तान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने शर्माको भनाई छ ।
बैदेशिक रोजगारको सिलसिलामा युवाहरु बाहिरिने क्रम तिब्र रहेको अबस्थामा क्वलबले पहिलो बार्षिकोत्सब आयोजना गर्नु चुनौतिपुर्ण रहेको बताउनु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथि बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले बिभिन्न क्लबहरुले आयोजना गर्ने बार्षिकोत्सब मेला महोत्सबले गाउँ ठाउँ को पहिचान र समाज परिवर्तनका लागि महत्व बोकेको बताउदै क्वलबले महिला शसक्तिकरण तथा समाजलाई फाइदा हुने खालका कार्यक्रम आयोजना गर्न सुझाब दिनु भयो ।
क्लबले पहिलो बार्षिकोत्सबको अबसरमा पुरुष भलिबल, महिला भलिबल प्रतियोगिता खुल्ला नृत्य प्रतियोगिता लगाएतका कार्यक्रमहरु आयोजना गरेको छ ।
कार्यक्रम, क्लबका अध्यक्ष लिल बहादुर थापाको अध्यक्षता,सल्लाहकार केसबराज क्षेत्रीको स्वागत,तथा दुर्गा बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
« सुखौरामा १३ सदस्यीय तरुण दल गठन «
» हुग्दिशिरका स्वास्थ्यकर्मीद्धारा स्वयमसेविका उजेली वि.क लाई राहत रकम प्रदान »







