नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु
हरिकुमार के.सी.। ३ बैसाख २०७८। वैशाख १ गते नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु भएको छ ।
जनशक्ति मगर समाज चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ पेक्सरपाटाले आयोजना गरेको कार्यक्रम अबलोकनका क्रममा लडेर घाइते भएका ७९ वर्षिय यम बहादुर थापा का उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
थापालाई तत्काल घटना स्थलमा प्राथमिक उपचार गरी थप उपचारको लागि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रभास पठाईएकोमा बिहीबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
थापाको मृत्यु भए संगै जनशक्ति मगर समाजको बाँकी कार्यक्रम हालका लागि स्थगित गरिएको छ । वैशाख १८ गते बाँकी रहेका कार्यक्रम सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
« हुग्दिशिरका स्वास्थ्यकर्मीद्धारा स्वयमसेविका उजेली वि.क लाई राहत रकम प्रदान «
» बरेङमा बुधबार १ सय ६९ जनाले कोरोना भाईरस बिरुद्धको दोस्रो चरणको खोप लगाए »







