दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा बुधबार १ सय ६९ जनाले कोरोना भाईरस बिरुद्धको दोस्रो चरणको खोप लगाए

दिपेन्द्र परियार ८ बैसाख ०७८। बागलुङको बरेङ गाँउपालिकामा बुधबार १ सय ६९ जनाले कोरोना भाईरस बिरुद्धको दोस्रो चरणको खोप लगाएका छन । 

पहिलो चरणको अभियानमा खोप लगाएका स्वास्थकर्मी, स्वयम सेविका, सरकारी कर्मचारी, वित्तिय संघ संस्थाका कर्मचारी, पत्रकार, सेना तथा सुरक्षाकर्मीहरुले वडा नं। २ को हुग्दिशीर स्वास्थ चौकी बरेङ र वडा नं. ३ को बाटाकाचौर स्वास्थ चौकी  नयाँबजार बाट दोस्रो चरणको खोप लगाएका हुन ।

आज बुधबार दोस्रो चरणको खोप लगाउन छुटेकाहरुलाई भोली बिहिबार हुग्दिशीर स्वास्थ चौकी बाट खोप लगाईने बरेङ गाँउपालिकाका स्वास्थ संयोजक पदम बहादुर पुनले बताउनु भयो । 

« नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु «

» बरेङमा जुर्मुराउदै अखिल नेपाल युवक सँघ ः संगठनमा आबद्ध हुन शर्माको आग्रह »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal