दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा जुर्मुराउदै अखिल नेपाल युवक सँघ ः संगठनमा आबद्ध हुन शर्माको आग्रह

हरि कुमार के.सी.८ बैशाख ०७८ । अखिल नेपाल युवक संघ बरेङको पालिका स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम बरेङ गाँउपालिका वडा न २ हुग्दीशिर को शिग्दिमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल युवक संघ गण्डकी प्रदेशका सचिव सञ्जाल शर्माले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको हो ।

उद्धघाटन पछि बोल्दै प्रमुख अतिथि शर्माले अहिले सम्म कुनै पनि सरकारले युवाहरुको समस्या समाधानको लागि गम्भीर भएर काम नगरेकाले उनिहरु बिदेशीन बाध्य भएको बताउदै प्रमुख भनिने दल हरुले युवाहरू लाई सत्ता प्राप्त गर्ने भर्याङ मात्र बनाएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

यस्तै बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले समाज परिवर्तन तथा देश विकासको लागि युवाहरुको महत्वपूर्ण भूमिकाहुने बताउनु भयो । उहाँले युवाहरुको हकहित तथा क्षमता विकाशको लागि निरन्तर लागिरहेको संगठन अखिल नेपाल युवक संघ मात्र रहेको भन्दै यस संगठनमा  आबद्ध हुन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बरेङ गाउँपालिकाकी ,उपाध्यक्ष दिलकुमारी पुन ,अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तिलक गाहा,राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला कमिटी सदस्य तथा बरेङ गाउँपालिकाका प्रवक्ता नरबहादुर विक, सिग्दि सामुदायिक होमस्टेका अध्यक्ष हिरा बहादुर पुन,शिक्षक संघका प्रतिनिधि प्रशान्त शर्मा, लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रम अखिल नेपाल युवक संघ बरेङका अध्यक्ष दुर्गा बहादुर थापाको अध्यक्षता,सदस्य कृष्ण प्रसाद शर्माको स्वागत मन्तब्य र सदस्य तुफान पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

भेलाले प्रेम थापाको अध्यक्षतामा ११ पूर्ण र ४ वैकल्पिक सहित १५ सदस्यिय अखिल नेपाल युवक संघ बरेङ गाउँपालिका स्तरिय समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा विष्णु श्रीष, सचिव तुफान पुन,सह सचिव प्रेम बहादुर थापा र कोषाध्यक्ष मन बहादुर थापा रहनु भएको छ ।

समिति सदस्यहरुमा हेमन्त खत्री, कमल थापा,पूजन आचार्य, झम बहादुर सुनार ,र कृष्ण प्रसाद शर्मा रहनु भएको छ । समितिको एक स्थान रिक्त राखिएको छ ।

यस्तै वैकल्पिक सदस्य हरुमा सुष्मी पुन,विष्णु सुनार, कमल परियार र राधिका गौतम रहनुभएको छ ।

भेलाले दुर्गा बहादुर थापा,कुल बहादुर खत्री, सन्तोष पोखरेल,गोविन्द श्रीस र धनिश्वर शर्मा सदस्य रहेको सल्लाहकार समिति  चयन गरेको  छ ।

« बरेङमा बुधबार १ सय ६९ जनाले कोरोना भाईरस बिरुद्धको दोस्रो चरणको खोप लगाए «

» बरेङका कृषकलाई सत प्रतिशत अनुदानमा ८०० चल्ला »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal