बरेङका कृषकलाई सत प्रतिशत अनुदानमा ८०० चल्ला
दिपेन्द्र परियार १५ बैशाख ०७८। बरेङका पशु पंक्षी पालक कृषकलाई सत प्रतिशत अनुदानमा कुखुराका चल्ला बितरण गरिएको छ ।
बुधबार पालिकाको वडा न २ हुग्दिसिर पिडालुबारीको मिलिजुलि कृषक समुह तथा काफलबोट को महिला कृषक समुहलाई ४ ÷४ सयका दरले कुल ८ सय गिरिराज जातको कुखुराका चल्ला तथा दुबै समुहका लागी कुल ५० केजि दाना समेत बितरण गरिएको हो ।
बरेङ गाँउपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकालाई मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्य अनुसार कुल १ लाख बजेट बराबरको कार्यक्रम रहेको पशु सेवा शाखा कार्यलय बरेङका प्रमुख नारायण पौडेलले बताउनु भयो ।
« बरेङमा जुर्मुराउदै अखिल नेपाल युवक सँघ ः संगठनमा आबद्ध हुन शर्माको आग्रह «







