बरेङमा मोटरसाईकल दुर्घटना १ जना घाईते ः
दिपेन्द्र परियार १८ बैशाख ०७८ । बरेङमा मोटरसाईकल दुर्घटनामा १ जना घाईते भएका छन । शनिबार दिउसो बरेङ गाँउपालिका १ लिउवाबाट बरेङ बजार आउदै गरेको ध १ प ३६ ३२ नं.को अपाचे मोटरसाईकल सिलामारे घुम्तीमा दुर्घटना हुदाँ लिउवाका बर्ष २५ का बिष्णु पौडेल घाईते हुनुभएको हो ।पौडेलको बाँया हातको बुढिऔलामा गम्भीर चोट लागेको कारण तत्कालै प्रभु एयरको हेलीकप्टर मार्फत उद्धार गरि काठमाण्डौ तर्फ लगिएको छ ।
त्यस्तै बरेङ गाँउपालिका वडा न १ कि एक युवतिले आत्म हत्याको प्रयास गरेकी छन ।अन्दाजि १८ बर्षिय युवतिले बिष सेवन गरेर आत्म हत्याको प्रयास गरेकी हुन ।युवतीले बिष सेवन गरेलगत्तै घर परिवार ले थाहा पाएर उनलाई बरेङ बजार स्थित मेडिकलमा पु¥याए पछि उनि बच्न सफल भएकी छन । युवतीको अबस्था सामान्य रहेको रेखा फामेर्सी बरेङ बजारका एच ए देवेन्द्र आर्चायले जानकारी दिनुभयो । युवतिले के कति कारणले बिष सेवन गरिन भन्ने बिषयमा आबस्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय बरेङ डाँडाले जनाएको छ ।
(नोट ः उल्लेखित समाचारमा प्रस्तुत दुई घटना क्रम छुट्टा छुट्टै भएकाले एक सँग संबन्धित बनाएर नबुझिदिनु हुन सम्पुर्ण पाठक बृन्दहरुमा अनुरोध गर्दछौं– सम्पादक )







