दर्ता. न‌: २४५/०६५/०६६

प्रचारप्रसारको पर्खाइमा बरेङको छहरखोला झरना

२२ वैशाख ०७८ । केशबराज क्षेत्री, बरेङ । बागलुङ जिल्ला झोलुङ्गे पुलको जिल्ला भनेर विश्वभर चर्चित जिल्ला हो ।  यो सँगै प्रकृतिले भरिपूर्ण रहेको, अनेकौँ अग्ला चुचुराले सुसज्जित यस जिल्ला भित्र खोला,नाला, वनजङ्गल, धार्मिक स्थल, लोभलाग्दा कुण्ड, दह, होमस्टे र झरना रहेका छन् । तीनै मध्यको एक आकर्षक स्थल हो छहरेखोला झरना ।

बरेङ गाउँपालिकाको वडा नम्बर ४ सल्यान र वडा नम्बर ३ बाटाकाचौरको सीमामा रहेको छहरेखोलामा  १ सय, ४५ र २५ मिटर उचाइका तीन वटा झरना रहेका छन् । ४५ र २५ मिटर उचाइ भएका झरना मोटरबाटो निकट पर्दछन् भने १ सय मिटर उचाइको झरनाका लागि भने मोटरबाटो बाट ५०० मिटर पैदल हिड्नुपर्ने हुन्छ । यीनै झरना प्रचारप्रसारको कमीले छाँयामा परेका छन् । खोलामा ठूलो ढुङ्गामा ३ मिटर गहिराइ सम्मको गहिरो प्वालले पनि हेरिरहु र रमणीय बनाउँछ ।

अग्ला पहाडबाट हाम फाल्दै झरेको छहरेखोला आफूलाई हुग्दिखोलामा समाहित गराउँदै बढिगाड  हुँदै कालीगण्डकी नदीमा बग्छन् । सार्वजनिक यातयातमै झरना नजिक पुग्न सकिने सोही ठाउँमा पैदल यात्रा झन रमणीय हुने गर्दछ ।

पर्यटकीय हिसाबले उच्च सम्भावना बोकेको यो झरना सोही स्थानका वासिन्दाहरुमा मात्रै सीमित रहेको छ । बागलुङ जिल्लाको दक्षिण भेग, गुल्मी जिल्लाको पश्चिम भेग  चन्द्रकाेट गाउँपालिकाकाे सीमा वारिपारि पर्ने यस झरनाको बारेमा बेखबर छन् प्रायः ।

देशलाई पर्यटकीय स्थलको रुपमा स्थापित गराउने सरकारको प्रयास साथै यस गाउँपालिकाको समेत योजना रहेकाले पर्यटकलाई आकर्षण गराउने उपयुक्त स्थल बन्न सक्छ छहरेखोला झरना । प्रचारप्रसारको अभावले ओझेलमा परेको यो झरनामा आन्तरिक पर्यटक भित्रिन थालेपछि भने एकाएक चर्चा कमाउन थालेको थियो । विश्वभर फैलिइरहेको कोरोना भाईरसले गर्दा यस झरना प्रचार हुनबाट भने पछाडि धकेलिदिएको छ । 

प्रचारप्रसार गर्र्दै झरनालाई पर्यटकीय स्थलको रुपमा स्थापना गर्न सकेमा बरेङ गाउँपालिका र वडा नम्बर ४ का गाउँ वासीको आर्थिक स्तर उकास्न समेत टेवा पुग्ने देखिन्छ । तसर्थ पर्यटकीय गन्तव्य र आर्थिक स्तर उकास्नका लागि गाउँपालिकाको समेत समयमा ध्यान जान जरुरी देखिन्छ ।जसरी त्यहाँ स्थानीयलाई  आफ्नै गाउँको पर्यटकीय स्थल झरनाको प्रचार गर्न पछि परेकोमा पछुतो भएको छ त्यस्तै पछुतो हुनेछ गाउँपालिकालाई पनि ।

« बरेङ गाँउपालिकाका कर्मचारीमा कोरोना सँग मिल्दो जुल्दो लक्षण ः आर्थिक प्रशासन शाखा ३ दिनका लागि बन्द «

» समुदायमा कोरोना संक्रमण देखिएपछि बरेङ गाउँपालिकामा निशेधाज्ञा ः अत्याबस्यक बाहेकका सेवा प्रबाह बन्द »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal