दर्ता. न‌: २४५/०६५/०६६

समुदायमा कोरोना संक्रमण देखिएपछि बरेङ गाउँपालिकामा निशेधाज्ञा ः अत्याबस्यक बाहेकका सेवा प्रबाह बन्द

दिपेन्द्र परियार २२ बैशाख ०७८ । बागलुङको बरेङ गाउँपालिकामा बुधबार राति १२ बजेदेखि बैशाख ३१ गते गतेसम्मका लागि निशेधाज्ञा हुने भएको छ ।

मंगलबार पालिकाको वडा न ५ सुखौरामा समुदाय स्तरका ३ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार बसेको पालिकास्तरिय बिपद ब्यबस्थापन समिती तथा सर्बदलिय सर्बपक्षिय बैठकले पालिकामा ९ दिन निशेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निशेधाज्ञामा बिहिबार बिहानै देखि बजार पुर्ण रुपमा बन्द गरिने भएको छ भने  । सरकारी कार्यालयबाट अत्यावश्यक सेवामात्र अनलाईन प्रवाह हुनेछन् ।

वित्तिय संघ संस्था तथा सहकारीहरु समेत अत्यावश्यक सरकारी कामको लागी हप्ताको दुई दिन सोमबार र बिहीबार मात्र खुल्ने र अरु सबै सेवा बन्द रहनेछ । मानिसहरुको अनावश्यक भिडभाड रोकिने छ । स्कुल, कलेज, व्याडमिन्टन कवर्डहल, होटल रेष्टुरेन्ट, कोचिङ कक्षा र ईन्सिटच्यूट पूर्णरुपमा बन्द रहनेछन् । यातायातका साधनहरु एम्बुलेन्स, निर्माण सामाग्री, खाद्यान्नका सवारी साधन बाहेक अरु सवारी साधन चलाउन पाईने छैन । कोरोना संक्रमणबाट बच्न, बचाउन सचेतना फैल्याउने, आफै सजग रहने र अत्यावश्यक सेवाका लागि मात्र घर बाहिर निस्कन गाउँपालिकाले जनस्तरमा अनुरोध गर्ने जनाएको छ ।

बैशाख ३१ गतेपछि निशेधाज्ञा खुल्ने वा नखुल्ने विषयमा अर्को निर्णय हुनसक्ने गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

« प्रचारप्रसारको पर्खाइमा बरेङको छहरखोला झरना «

» सुखौरा १० दिन शिल ः »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal