सुखौरा १० दिन शिल ः
दिपेन्द्र परियार २२ बैशाख ०७८ । बरेङ गाउपालिका वडा न ५ को बिपद ब्यबस्थापन समिनिको आकस्मीक बैठकले वडा शिल गरेको छ ।
गाउँपालिकाको वडा नं. ५ सुखौरामा समुदाय भित्र कोरोना संक्रमण देखिए पछी महामारी नियन्त्रणका लागी भन्दै बुधबार बरेङ गाउँपालिका वडा न ५ को बिपद व्यवस्थापन समिती लगाएत सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले १० दिनका लागी एक घर देखि अर्को घरमा जान रोक लगाउनुका साथै भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकलाई अनिबार्य क्वारेन्टिनमा राख्ने ,वडाका पसल होटल तथा खेलकुद मनोरञ्जनका कार्यक्रमहरु पुर्ण रुपमा बन्द गरेको छ ।
मंगलबार वडाको समुदाय स्तरका ३ जना ब्यक्ति हरुमा कोरोना संक्रमण पुष्टि भएपछि बिपद ब्यबस्थापन समिति तथा सर्बदलिय सर्बपक्षिय बैठकले यो निर्णय गरेको वडा अध्यक्ष अमर बहादुर सेरपुर्जाले बताउनु भयो ।
» हुग्दिशिरमा कोभिड–१९ संक्रमण जोखिम रोक्नका लागि साविककै वडा उपसमिति क्रियाशिल बनाउने »






