हुग्दिशिरमा कोभिड–१९ संक्रमण जोखिम रोक्नका लागि साविककै वडा उपसमिति क्रियाशिल बनाउने
२३ वैशाख ०७८ । केशबराज क्षेत्री, हुग्दिशिर । बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरका वडा अध्यक्ष गुप्तप्रसाद काला थापाको अध्यक्षतामा बिहीबार बसेको वडा विपद् व्यवस्थापन समितिको बैठकले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि साविकका वडा उपसमितिलाई क्रियाशिल बनाउने निर्णय गरेको छ ।
कोभिड १९ संक्रमणको दोस्रो लहरको महामारीबाट नेपाल लगायत विश्व आक्रान्त बनिरहेको अवस्थामा आफ्ना वडावासीलाई सचेत बनाउनका लागि वडा अन्र्तगत रहेका शिक्षक, समाजसेवी, क्लब, सामुदायिक वन, राजनैतिक दल प्रतिनिधि, बुद्धिजिवीहरुलाई समेत क्रियाशिल बनाई कोभिड–१९ संक्रमण जोखिम न्यूनिकरण गर्नका निमित्त आह्वान गर्ने वडा विपद् व्यवस्थापन समितिले निर्णयमा उल्लेख गरेको छ ।
सामान्य आवस्थाका बिरामीहरुलाई घरमै फोन मार्फत सल्लाह लिने र जटिल अवस्थामा मात्र स्वास्थ्य संस्था जाने, माक्स तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, भिडभाडमा नजान,े बेलाबेलामा साबुन पानीले हात धुनुपर्ने र पालिका तथा जिल्ला प्रशासन कार्यालय बागलुङले जारी गरेको वक्तव्यको पूर्ण रुपमा पालना गर्ने र गराउनका लागि वडा कार्यालयले अनुरोध गरेको छ ।







