दर्ता. न‌: २४५/०६५/०६६

विदेशबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिन

२५ वैशाख ०७८ । हुग्दिशिर । बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरका वडा अध्यक्ष गुप्तप्रसाद काला थापाको अध्यक्षतामा शनिबार बसेको वडा विपद् व्यवस्थापन समितिले आइतबारबाट थप कडाइका साथ कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि काम गर्ने निर्णय गरेको छ । 

कोभिड १९ संक्रमणको दोस्रो लहरको महामारीबाट नेपाल लगायत विश्व आक्रान्त बनिरहेको अवस्थामा आफ्ना वडावासीलाई सचेत बनाउन र संक्रमण जोखिमबाट बच्नका लागि वडा अन्र्तगत रहेका शिक्षक, समाजसेवी, क्लब, सामुदायिक वन, राजनैतिक दल प्रतिनिधि, बुद्धिजिवीहसँग बसेको बैठकले विदेशबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिन राख्ने नेपालभित्र बाटै घर फर्कनेलाई पनि कम्तिमा एक हप्ता होम आइसोलेसनमा राख्ने निर्णय गरेको बताएको छ । 

कोभिड सँग मिल्दो जुल्दो लक्षण देखिएमा साविककै वडा अन्र्तगतका टोल उपसमितिले निगरानी गरि वडाको विपद् व्यवस्थापन समितिलाई जानकारी गराई स्वास्थ्य संस्थाको सहकार्यमा निःशुल्क स्वाव परीक्षण गरि स्वास्थ्य चेकजाँच गर्ने, गराउने र क्वारेन्टिन बसेको खर्चको बारेमा भने हाललाई कुनै व्यवस्था नभएको यदि भएमा टोल निगरानी उपसमिति मार्फत जानकारी गराउने निर्णयमा उल्लेख गरिएको छ । क्वारेन्टिनका लागि आफ्नै टोलमा भएका सामुदायिक भवन, खाली घरलाई प्रयोग गर्ने र अपुग भएका खण्डमा आफ्नै घरमा सुरक्षितसाथ छुट्टैकोठामा बस्नुपर्ने सल्लाह दिनका लागि साविकका वडा अन्र्तगतका टोल उपसमितिलाई जानकारी गराइएको वडा कार्यालयले बताएको छ ।

त्यस्तै टोलटोलमा माइकिङ तथा सचेतनामूलक सन्देश फैलाउने र रेडियो विहानीबाट सचेतनामूलक सन्देश बजाइरहने निर्णय गरिएको वडा सचिव सिमाना छन्त्याल पुनले बताउनुभयो ।

सामान्य आवस्थाका बिरामीहरुलाई स्वास्थ्यकर्मीसँग घरबाटै फोन मार्फत सल्लाह लिने र जटिल अवस्थामा मात्र स्वास्थ्य संस्था जाने, माक्स तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, भिडभाडमा नजाने, बेलाबेलामा साबुन पानीले हात धुनुपर्ने र पालिका तथा जिल्ला प्रशासन कार्यालय बागलुङले जारी गरेको वक्तव्यको पूर्ण रुपमा पालना गर्ने र गराउनका लागि वडा कार्यालयले अनुरोध गरेको छ ।

« हुग्दिशिरमा कोभिड–१९ संक्रमण जोखिम रोक्नका लागि साविककै वडा उपसमिति क्रियाशिल बनाउने «

» बरेङ ः सिकाई उपलब्धी हासिल गर्न दैनिक रेडियो कार्यक्रम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal