बरेङ ः सिकाई उपलब्धी हासिल गर्न दैनिक रेडियो कार्यक्रम
दिपेन्द्र परियार २७ बैशाख ०७८ । बिद्यार्थिको सिकाई प्रक्रियालाई थप गतिशिल बनाई सिकाई उपलब्धी हासिल गर्न बरेङ गाँउपालिकाले हाजिरि जवाफ रेडियो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बिश्व ब्यापी रुपमा फैलिएको कोभिड १९ माहामारीको कारण बिद्यालयमा प्रतक्ष रुपमा शिक्षण सिकाई कार्य ठप्प रहेको सन्दर्भमा सामुदायिक रेडियो बिहानी र बरेङ गाँउपालिकाले अभिवाबकीय भुमिका निर्बाह गर्नुपर्ने भन्दै बैशाख ३१ गते देखि असार ३ गते सम्म दैनिक रुपमा बिषयगत हाजिरि जबाफ रेडियो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
पालिकाले यस अघि पनि सामुदायिक रेडियो बिहानी सँग सहकार्य गरेर साप्ताहिक रुपमा यो कार्यक्रम सञ्चालन गर्दै आईरहेको थियो ।कार्यक्रम अत्यन्तै लोकप्रिय र प्रभाबकारी भएको बताउदै बिद्यालय, शिक्षक अभिबाबक र बिद्यार्थिको अत्याधिक माग अनुसार अबदेखि दैनिक रुपमा सञ्चालन गर्न लागेको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भयो ।
कार्यक्रमले बिद्यार्थिको प्रतिभा पहिचान गर्नुका साथै बिद्यार्थिमा प्रतिशपर्धाकत्मक भाबनाको बिकास गराई उनिहरुलाई स्वअध्यन तर्फ केन्द्रीत गराउने, बिद्यालय नखुलेको अबस्थामा पनि निरन्तर अध्यन गर्ने बानिको बिकास गर्ने ,बिषयगत शिक्षक ,बिद्यालय प्रशाषन तथा अभिबाबक समेतलाई क्रियाशिल गराउने बरेङ गाँउपालिकाका प्रमुख प्रशाषकिय अधिकृत रमेश थापाले बताउनु भयो ।
कार्यक्रममा बरेङ गाँउपालिका भित्रका सामुदायिक र सस्थागत बिद्यालयमा अध्यन गर्ने बिद्यार्थिहरु मात्रै फोन मार्फत सहभागि हुन पाउने छन ।कार्यक्रमका बिजेता बिद्यार्थि,बिजेता बिद्यालय ,बिषयगत शिक्षक,तथा बिजेता अभिबावक र कार्यक्रमका लागी प्रश्न पत्र तयार पार्ने शिक्षक समेतलाई पुरस्कृत गरिने भएको शिक्षा अधिकृत शुर्य प्रसाद शर्माले बताउनु भयो । कार्यक्रममा भागलिनका लागी ९८५७६२४५५१ र ९८०६१७८९०० मा सम्पर्क गर्नु पर्ने सामुदायिक रेडियो बिहानीले जनाएको छ ।
« विदेशबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिन «
» मृत्यु भएका ब्यक्तिको रिर्पोट नेगेटिभ ः बरेङ बजार लगाएत आसपास शिल »







