दर्ता. न‌: २४५/०६५/०६६

कोरोना संक्रमित बरेङका एक जनाको मृत्यु ः थप ४ जनामा संक्रमण पुष्टि

दिपेन्द्र परियार ३० बैशाख ०७८ । बरेङ गाँउपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।४ जना  संक्रमित थपिएका छन ।

बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरका अन्दाजि  बष ४६  का पुरुषको बुटवलको घागो कारखनास्थित कोभिड अस्थाई अस्पतालमा बुधबार निधन भएको बरेङ गाँउपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताउनु भयो ।

बिहिबार गाँउपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा न २ का बर्ष ३४ र ३७ का पुरुष र बर्ष ३४ की महिला, तथा वडा न ३ बाटाकाचौरका बर्ष ७८ कि महिलामा संक्रमण पुष्टि भएको कोडिभ अस्पतालका ईन्चार्ज डा. लक्ष्मी पन्थीले जानकारी दिनु भयो । वडा न २ का ४ जनाको कोभिड–१९संग मिल्दो जुल्दो लक्षण देखिएपछि एन्टिजिन परीक्षण गरिएकामा ३ जनामा संक्रमण पुष्टी भएको डा. पन्थीको भनाई छ  । 

संक्रमित मध्ये वडा न २ का ३४ वर्षीय पुरुषलाई कोभिड अस्पतालमा राखिएको छ भने ३४ वर्षीया महिला र ३७ वर्षीय पुरुषलाई होम आईशोलेसनमा राखिएको छ ।

वडा न ३ बाटाकाचौरका संक्रमित बर्ष ७८ कि महिला रुपन्देहिको बुटवल स्थित अस्थाई कोभिड अस्पतालमा उपचारारत रहेको स्वास्थ्य शाखा प्रमुख पुनले बताउनुभयो । ति महिलाको स्वास्थ्य अबस्था गम्भीर रहेको वडा न ३ का कार्यबहाक वडा अध्यक्ष दुर्गा कार्की थापा क्षेत्रीले बताउनु भयो ।  

कोरोना परीक्षणको लागि वडा न. ४ सल्यानका १५ जना र वडा न. ५ सुखौराका ८ जनाको स्वाब संकलन गरि धौलागिरी अस्पताल बागलुङ पठाउने तयारी गरिएको छ ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलिएपछि वडा न ३ बाटाकाचौरको नया बजार चिदिखर्क ,घट्टे, मजुवा तथा आसपासका क्षेत्र शिल गरिएको वडा न ३ को कार्यालयले जनाएको छ । गाँउपालिकाले मृतकको सम्पर्कमा रहेका र उच्च जोखिममा रहेका नागरिकको स्वाब परिक्षण गर्ने तयारी गरिरहेको छ ।   

बरेङ गाँउपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण तिब्ररुपमा फैलिदै गर्दा वडान ४ अध्यक्ष लिल बहादुर खत्री भने बिबाहभोजमा सहभागी भएको पाईएको छ ।

« मृत्यु भएका ब्यक्तिको रिर्पोट नेगेटिभ ः बरेङ बजार लगाएत आसपास शिल «

» गुल्मीको कालिगण्डकी मा कोरोना संक्रमण बाट एक जनाको मृत्यु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal