दर्ता. न‌: २४५/०६५/०६६

गुल्मीको कालिगण्डकी मा कोरोना संक्रमण बाट एक जनाको मृत्यु

हरिकुमार के.सि. २ जेष्ठ ०७८ । गुल्मीको कालिगण्डकी गाउँपालिका मा कोरोना संक्रमण बाट एक जनाको मृत्यु भएको छ। 

गाउँपालिका को वडा नम्बर ५ का ५२ बर्षका पुरुषको संक्रमण बाट सनिबार  मृत्यु भएको हो। लामो समय देखि बिरामी रहेका उनको यस अघि एन्टीजिन परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।  

सनिबार अचानक बेहोस भएपछी उनलाई उपचार को लागि स्याङ्गजा लैजादै गर्दा बाटो मै मृत्यु भएको थियो।  मृतक पुरुसको पिसीआर परिक्षण रिपोर्ट पोजेटिभ आए पछि परिवार का ४ जना सदस्य लाइ मापदण्ड सहित अन्त्यस्टि गर्ने जिम्मा दीएको गाउँपालिका का स्वास्थ्य साखा प्रमुख चन्द्र बहादुर थापाले जानकारी दिनुभयो । 

यस्तै वडा नम्बर ५ का अन्य २ जना को कोरोना को संकास्पद मृत्यु भएको छ।  सो वडा का ५६ बर्षीय एक जना महिला र ८२ बर्षीय एक जना बृद्द को   मृत्यु भएको हो।  उनिहरुको स्वाब संकलन गरि परिक्षण को लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको थापाले जानकारी दिनुभयो। कोरोना संक्रमित को मृत्य भए पछि सो क्षेत्रमा कन्ट्रयाक्ट  ट्रेसिंग गरिने गाउँपालिका को स्वास्थ्य साखा ले जनायको छ। अहिले गाउँपालिका मा २७ जना सक्रिय संक्रमित रहेका छन्।

« कोरोना संक्रमित बरेङका एक जनाको मृत्यु ः थप ४ जनामा संक्रमण पुष्टि «

» एकै घरका दुईजनामा कोरोना भाइरस पुष्टि भएपछि हुग्दिशिरका चार टोल सिल गरियो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal