दर्ता. न‌: २४५/०६५/०६६

गाडीले ठक्कर दिँदा विद्युत पोल भाँचियोः विद्युत अवरुद्ध

 केशबराज क्षेत्री

२०७५ असोज १,बरेङ । 

 लु १ च ७६३७ नम्बरको पिकअप जिपले सामुदायिक विद्युतीकरणको काठको विद्युत पोलमा ठक्कर दिँदा पोल भाँचिएर सोमबार बागलुङको बरेङ बजारमा  विद्युत अवरुद्ध भएको छ । 

काठको पोल कुहिएर फेर्नु पर्ने अवस्थामा रहेको नजिकै फलाम पोल पनि गाडिएको तर प्राविधिक तथा समितिले बेवास्था गरेको कारण उक्त घटना भएको स्थानीयको भनाई छ।

चालक तिलबहादुर विक र एक बच्चा गाडीमा सवार थिए उनी आफ्नो गाडी फर्काउने क्रममा विद्युतको काठको पोलमा लागेर पोल भाँचिएपछी विद्युत तथा इन्टरनेट अवरुद्ध हुनुका साथै बिजुलीको तार बाटोमा लत्रिएको र मानिसलाई आहोरदोहोर गर्न जोखिम भएको छ । तारमा आगोका झिल्काहरु निस्किएता पनि कुनै मानवीय क्षति साथै आगोलागि हुनबाट भने बचेका छन् । पोल नफेरेसम्म विद्युत अवरुद्ध हुने हुँदा स्थानीय मर्कामा परेका छन् ।

« गायिका शर्मिला गुरुङको ‘पानै र चौकाले’ बरेङ तिज मेलामा धमक्का ! «

» बरेङ गाउँपालिकामा अखिल छैठौँको प्रथम भेला सम्पन्न, गुरुङको अध्यक्षतामा १३ सदस्य कमिटि गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal