कालीगण्डकी गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
२ जेष्ठ २०७८ । हरिकुमार केसी, गुल्मी ।कालीगण्डकी गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
३९ जनाको पिसीआर परिक्षण गरिएको मा वडा नम्बर २ का ३ जना पुरुष, वडा नम्बर ४ का १ जना महिला र १ जना पुरुष मा कोरोना संक्रमण पुस्टि भएको छ।
यस्तै वडा नम्बर ५ मा २ जना महिला तथा ४ जना पुरुष र वडा नम्बर ६ मा १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका को स्वास्थ्य साखा ले जनाएको छ।
वडा नम्बर ५ मा शनिबार कोरोना संक्रमण बाट एक जना पुरुषको मृत्यु भएको थियो।
गाउँपालिकामा कोरोना संक्रमण तीव्र रुपमा फैलन थाले पछि कालिगण्डकी गाउँपालिका ले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ भने संक्रमित को सम्पर्क मा रहेका व्यक्ति र मिल्दोजुल्दो लक्षण देखिएका हरुको परिक्षण लाइ तीव्रता दिएको छ।
« एकै घरका दुईजनामा कोरोना भाइरस पुष्टि भएपछि हुग्दिशिरका चार टोल सिल गरियो «







