दर्ता. न‌: २४५/०६५/०६६

कोरोना संक्रमणका कारण कालिगण्डकी गाउँपालिकामा संक्रमणको स्थिति भयाबह बन्दै

१० जेठ ०७८ ।  हरिकुमार केसी,गुल्मी  ।  विश्वब्यापी महामारी को रुपमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमणका कारण गुल्मीको कालिगण्डकी गाउँपालिकामा संक्रमणको स्थिति भयाबह बन्न थालेको छ। 


गत जेठ ५ गते विभिन्न वडाका १ सय ७३ जनाको स्वाब संकलन गरि परिक्षण को लागि तम्घास पठाइएको मा थप ६७ जनालाई कोरोना संक्रमण पुस्टि भएको छ। थपिएका संक्रमितहरु वडा नम्बर ३ मा १ जना, वडा नम्बर ४ मा १३ जना,वडा नम्बर ५ का १ जना र वडा नम्बर ६ का ५२ जना रहेका छन।

यो संगै गाउँपालिकामा सक्रिय संक्रमित को संख्या १ सय ५० जना पुगेको पालिकाका स्वास्थ्य साखा प्रमुख चन्द्र बहदुर थापाले जानकारी दिनुभयो। पालिका मा दोस्रो चरणको कोरोना संक्रमण बाट २ जनाको मृत्यु भएको छ भने ३० जना संक्रमण मुक्त भएका छन। पालिका मा संक्रमित को संख्या बढ्न थालेपछि निशेधाज्ञालाई थप कडाई गरिएको गाउँपालिका ले जनाएको छ। 

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएकोले अनुसासन पुर्बक निषेधाज्ञा र स्वास्थ्य मापदण्ड पालना गर्न पालिकाले आग्रह गरेको छ।

« कोभिड नियन्त्रणका लागि पालिकाद्धारा सहयोगको अपिल, स्पेन एकता समाजका अध्यक्षद्धारा ५० हजार सहयोग «

» रोजगार सम्बन्धी देखिएका समस्या हल गर्न जिल्ला रोजगार समन्वय मञ्च गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal