दर्ता. न‌: २४५/०६५/०६६

रोजगार सम्बन्धी देखिएका समस्या हल गर्न जिल्ला रोजगार समन्वय मञ्च गठन

 १०  जेठ २०७८ । केशबराज क्षेत्री, बरेङ । रोजगार सम्बन्धी देखिएका समस्या हल गर्न बागलुङका दश स्थानीय तहका रोजगार संयोजकहरुद्वारा  जिल्ला रोजगार समन्वय मञ्च गठन भएको छ ।

जिल्ला भित्रका स्थानीय तहहरुमा कार्यरत रोजगार संयोजकहरुको सोमबार भर्चुवल माध्यमबाट बसेको बैठकले पाँच सदस्यीय समन्वय समिति गठन गरेको हो ।   प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित  गर्न, स्थानीय स्तरमा देखिएका समस्यालाई मन्त्रालय समक्ष पुर्याउन, बेरोजगारहरुलाई रोजगार प्रदान गर्न, जिल्लाभरका बेरोजगारहरूको अभिलेख राख्न, स्थानीय तहलाई रोजगार कार्यक्रमको बारेमा स्पष्ट पार्न,  रोजगार संयोजकहरुको काम कारवाहीमा सहजता ल्याउन, समन्वय गर्न तथा अनुभवहरु अदानप्रदान गर्न र रोजगारी सम्बन्धि विभिन्न सल्लाह सुझाव प्रदान गर्न समितिले भुमिका निर्वाह गर्ने जानकारी गराईएको छ ।

बैठकमा बागलुङ नगरपालिकाका  सविता पौडेल, जैमिनी नगरपालिकाका  सुरेश पुन, ढोरपाटन नगरपालिकाका  हिरालाल खनाल, गलकोट नगरपालिकाका ममता बुढाथोकी, काठेखोला गाउँपालिकाका जनक पौडेल, ताराखोला गाउँपालिकाका गणेश बहादुर चोखाल, बरेङ गाउँपालिकाका केशवराज क्षेत्री, तमानखोला गाउँपालिकाका विष्णु चालिसे र निसिखोला गाउँपालिकाका जमुना घर्ती मगर  गरी नाै रोजगार संयोजकहरुको उपस्थिति रहेको थियो ।  

बैठकले  बाग्लुङ नगरपालिकाका रोजगार संयोजक सविता पौडेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ । जसको सचिवमा  ढोरपाटन नगरपालिकाका रोजगार संयोजक हिरालाल खनाल, कोषाध्यक्षमा  जैमिनी नगरपालिकाका  रोजगार संयोजक सुरेश पुन, सदस्यमा ताराखोला गाउँपलिकाका गणेश बहादुर चोखाल र तमानखोला गाउँपालिकाका विष्णु चालिसे रहनुभएको छ । सो बैठकले नियमित हरेक महिनाको अन्तिम शनिवार जिल्लाका १० वटै स्थानीय तहहरुमा  कार्यरत रोजगार संयोजकहरु सहित अनिवार्य रुपमा वैठक बस्ने निर्णय गरेको बागलुङ नगरपालिकाका रोजगार संयोजक सविता पौडेलले बताउनुभयो ।

« कोरोना संक्रमणका कारण कालिगण्डकी गाउँपालिकामा संक्रमणको स्थिति भयाबह बन्दै «

» कोभिड नियन्त्रणका लागि हुग्दिशिरका युवा व्यवसायी गिरी द्धारा १ लाख ८ सय सहयोग »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal