बरेङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, ५० पुग्यो सक्रिय संक्रमितको संख्या
११ जेठ ०७८ । हरिकुमार केसी, बरेङ । बरेङमा थप २ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। मंगलबार बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ बरेङ बजारमा अवस्थित हुग्दिशिर स्वास्थ्य चौकीमा वडा नम्बर १ धुल्लुबाँस्कोटका संकास्पद ३ जना को एन्टीजिन विधिबाट परिक्षण गरिएकोमा बर्ष ३० र १५ का पुरुषमा संक्रमण पुस्टि भएको हो।
यस्तै आज गत जेठ ४ गते संक्रमण पुस्टि भएकी २१ बर्षिया महिला संक्रमण मुक्त भएकी छन। यो संगै गाउँपालिका मा सक्रिय संक्रमितको संख्या ५० जना पुगेको गाउँपालिका का स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुन ले जानकारी दिनुभयो। सक्रिय संक्रमित मध्य १३ जनाको बरेङ्ग गाउँपालिका को आइसोलेसनमा र १ जनाको बुटवल स्थित अस्पतालमा उपचार भैरहेको छ।
अहिले पालिकामा ३६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन भने १९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य साखा प्रमुख पुनले बताउनुभयो।
« कोभिड नियन्त्रणका लागि हुग्दिशिरका युवा व्यवसायी गिरी द्धारा १ लाख ८ सय सहयोग «
» कालीगण्डकी अपडेट ः सक्रिय कोरोना संक्रमितको संख्या १ सय ९० पुग्यो »







