दर्ता. न‌: २४५/०६५/०६६

कालीगण्डकी अपडेट ः सक्रिय कोरोना संक्रमितको संख्या १ सय ९० पुग्यो

१२ जेठ ०७८ । हरिकुमार केसी, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  बुधबार कालिगण्डकी गाउँपालिकाका ९८ जनाको पिसिआर परिक्षण गर्दा वडा नम्बर ४ का एक जना महिला,वडा नम्बर ६ का १२ जना महिला र १२ जना पुरुष तथा वडा नम्बर ७ का १२ जना महिला र ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

यो संगै गाउँपालिका मा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ९० जना पुगेको पालिकाका स्वास्थ्य साखा प्रमुख चन्द्र बहादुर थापाले जानकारी दिनुभयो। सक्रिय संक्रमित मध्य २ जना पालिका ले तयार गरेको आइसोलेसनमा रहेका छन् भने १ सय ८८ जना होम आइसोलेसन मा रहेका छन्।

कालिगण्डकी गाउँपालिकामा कोरोना संक्रमणका कारण २ जनाको मृत्य भैसकेको छ।  समुदाय स्तरमा  कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि कालिगण्डकी गाउँपालिकाले निषेधाज्ञा कडाइको साथ पालना गर्न आग्रह गरेको छ। तर पालिकाभित्र भयावह रुपमा कोरोना संक्रमण फैलदा समेत नागरिकहरु भने सचेत नभएको तथा अझै पनि स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ।

« बरेङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, ५० पुग्यो सक्रिय संक्रमितको संख्या «

» ११ संक्रमित थपिएपछि कालीगण्डकीमा २०१ पुग्यो सक्रिय संक्रमितको संख्या »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal