बरेङ गाउँपालिकामा अखिल छैठौँको प्रथम भेला सम्पन्न, गुरुङको अध्यक्षतामा १३ सदस्य कमिटि गठन
२०७५ असोज १, बरेङ । प्रेम पुन
अखिल छैठौँ बागलुङको ऐतिहासिक २३ आँै जिल्ला सम्मेलनको तयारी अन्तर्गत विभिन्न विद्यालय, नगरपालिका तथा गाउँपालिकामा सङ्गठन निर्माण र परिचालन अन्र्तगत सोमबार बागलुङको दक्षिण बरेङ गाउँपालिकामा गाउँपालिका स्तरीय अखिल छैठाँैको प्रथम भेला सम्पन्न भएको छ ।
सहिदहरुप्रति मौनधारणबाट सुरु गरिएको भेलामा अखिल छैठौँ बागलुङका जिल्ला उपाध्यक्ष तथा भेलाका प्रमुख अतिथि दिलिप बुढाथोकीले मैनबत्ती बालेर उद्घाटन गरेका थिए उद्घाटन अवसरमा बोल्दै विद्यार्थीहरु समाजको चलायमान वर्ग भएको भन्दै सचेत भएर अखिल छैठौँको झन्डा मुनि गोलबन्द हुन अनुरोध गरे, र फरक प्रसङमा उनले कुनै कुनै विद्यालयहरु विद्यालयमा शान्ति क्षेत्र घोषण गर्दै विद्यार्थीहरुलाई राजनीतिबाट वञ्चित बनाउन खोजेको र त्यसको विरुद्धमा हाम्रो सङ्गठन आवश्यक परे कानुनी लडाईको साथै ध्वंसात्मक आन्दोलन गर्न पनि तयार रहेको र विद्यार्थीहरुको पक्षमा सधै बोलीरहने बताएका थिए ।
भेलामा बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुन, सर्वोदय माविका शिक्षक चित्र थापा, कृष्ण आचार्य सर्वोदय माविकै अध्यक्ष हिरा पुनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले आशिष गुरुङको अध्यक्षतामा १३ सदस्य कमिटि गठन गरेको छ जसको उपाध्यक्षमा सन्दिप पुन, सचिवमा सुशिला परियार, सहसचिवमा भुवन ढकाल, कोषाध्यक्षमा जानकी काउचा रहनुभएको छ भने सदस्यहरुमा सागर शर्मा, बुद्धि थापा, भुवन पुर्जा, कुशल पुन, बन्दना काउचा, पृथ्वी थापा, शारदा ढकाल र सन्दिप शर्मा रहेका छन् ।
आशिष गुरुङको अध्यक्षता, करीना श्रीसको स्वागत मन्तव्य र करीष्मा सुनारको सञ्चालनमा भेला सम्पन्न भएको हो ।