दर्ता. न‌: २४५/०६५/०६६

११ संक्रमित थपिएपछि कालीगण्डकीमा २०१ पुग्यो सक्रिय संक्रमितको संख्या

१३ जेठ ०७८ । हरिकुमार केसी, गुल्मी ।  गुल्मीको कालीगण्डकी गाउँपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार तमघास स्थित प्रयोगशाला मा गरिएको परीक्षण मा वडा नम्बर ६ का ४ जना महिला र ३ जना पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै वडा नम्बर ६ का ३ जना पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाको स्वास्थ्य साखाले जनाएको छ । यस्तै एक जनाको एन्टीजिन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । यो संगै कालीगण्डकी गाउँपालिका मा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १ जना पुगेको छ । जम्मा संक्रमितको संख्या भने २३३ जना पुगेको छ ।

 संक्रमित मध्य २ जनाको मृत्यु भएको छ भने ३० जना निको भएका छन । सक्रिय संक्रमित मध्य २ जना पालिकाले निर्माण गरेको आइसोलेशन मा र १ सय ९९ जना होम आइसोलेसनमा रहेको बताइएको छ ।

« कालीगण्डकी अपडेट ः सक्रिय कोरोना संक्रमितको संख्या १ सय ९० पुग्यो «

» बरेङमा सुचना तथा संचार प्रबिधि सम्बन्धी ५ दिने निशुल्क अनलाईन तालिम सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal