दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा सुचना तथा संचार प्रबिधि सम्बन्धी ५ दिने निशुल्क अनलाईन तालिम सुरु

दिपेन्द्र परियार १५ जेष्ठ ०७८ । बरेङ गाँउपालिकाले संचालन गरेको सुचना तथा संचार प्रबिधि सम्बन्धी ५ दिने निशुल्क अनलाईन तालिम सुरु भएको छ ।

कोभिड १९ को तिब्र सकसका माझ सुचना प्रबिधिको उच्चतम प्रयोगको आबश्यकता देखिएको भन्दै  

गाँउपालिकाले आफ्ना जनप्रतिनिधी ,कर्मचारी,शिक्षक तथा बिद्यार्थिहरु र अन्य ईच्छुक नागरिकलाई आधुनिक सुचना प्रबिधिको उपयोग र पहुँच पु¥याउने लक्षका साथ संचालन गरेको निशुल्क अनलाईन तालिमको पहिलो दिन बरेङ गाँउपालिकाका सुचना प्रबिधि अधिकृत राजन कार्की तथा कोड लजिक टेक्नोलोजी प्रा.लि काठमाण्डौका को – फाउण्डर भिम बहादुर सुनारले ईन्टरनेटको प्रयोग ,ईमेल प्रयोग गर्ने तरिका र यसका सेवाहरुका बिषयमा जानकारी दिनुका साथै अनालाईन फारम निर्माण तथा प्रयोग सम्बन्धी सहजिकरण गर्नु भएको थियो । 

अहिलेको अबस्था तथा परिस्थितिमा तालिम अत्यन्तै महत्वपु्र्ण र प्रभाबकारी भएको बताउदै सहभागीले बरेङ गाँउपालिकाको प्रशंसा गरेका थिए । तालिमको पहिलो दिन  ३७ जना सहभागि भएका थिए ।

तालिम यहि जेष्ठ २० गते सम्म बिहान ११ बजे देखि दिउसो २ बजे सम्म सञ्चालन हुनेछ ।

« ११ संक्रमित थपिएपछि कालीगण्डकीमा २०१ पुग्यो सक्रिय संक्रमितको संख्या «

» बरेङ गाउपालिकामा संचालित ५दिने सुचना प्रविधि सम्बन्धि निशुल्क अनलाइन तालिम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal