बरेङ गाउपालिकामा संचालित ५दिने सुचना प्रविधि सम्बन्धि निशुल्क अनलाइन तालिम सम्पन्न
दिपेन्द्र परियार २० जेष्ठ ०७८। बरेङ गाउपालिकामा संचालित ५दिने सुचना प्रविधि सम्बन्धि निशुल्क अनलाइन तालिम सम्पन्न भएको छ ।
यहि जेष्ठ १५ देखि सुरुभएको तालिमबाट ईमेल, ईन्टरनेट, अनलाइन क्लास, स्मार्ट विद्यालय, गुगल क्लासरुम जस्ता विषयवस्तुको बारेमा जानकारी गराईएको थियो ।
तालिममा प्रत्येक दिन करिव १ घण्टा गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८ ÷०७९ को नीति, योजना तथा कार्यक्रम, विद्यालयको परीक्षा एवं शिक्षा, युवा तथा खेलकुद नीतिका बिषयमा समेत ब्यापक छलफल गरिएको छ ।
तालिममा प्रत्येक दिन करिव ६० जनाको उपश्थिति रहेको पालिकाले जानकारी दिएको छ ।
तालिम अत्यन्तै प्रभावकारी एवं समय सान्दर्भिक रहेको सहभागीले बताएका छन ।
कोड लजिक टेक्नोलोजीका संयोजक भिम बहादुर सुनार, जय बहादुर मल्ल, र बरेङ गाँउपालिकाका सुचना प्रबिधि अधृत राजन कार्कीले तालिमको सहजिकरण गर्नुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले विविध विषयमा उठेका जिज्ञासा एवं प्रश्नहरुको जवाफ दिनुभएको गाँउपालिकाले जनाएको छ
« बरेङमा सुचना तथा संचार प्रबिधि सम्बन्धी ५ दिने निशुल्क अनलाईन तालिम सुरु «
» बरेङ गाउपालिकाको ७ औँ गाँउसभा जिल्ला समन्वय प्रमुख ढुङगाना द्धारा उद्धघाटन »







