दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउपालिकाको ७ औँ गाँउसभा जिल्ला समन्वय प्रमुख ढुङगाना द्धारा उद्धघाटन

दिपेन्द्र परियार ५ असार ०७८। बरेङ । बरेङ गाउपालिकाको ७ औँ गाँउसभा को उद्धघाटन भएको छ । शनिबार जिल्ला समन्वय समिती बाग्लुङका प्रमुख राजेन्द्र ढुङगानाले दिप प्रजवलन गरेर सभाको उद्धघाटन गर्नु भएको हो । 

जिल्ला समन्वय समिति बाग्लुङका प्रमुख राजेन्द्र ढुङगानाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा जोड दिनुपर्ने बताउनु भएको छ । बरेङ गाउपालिकाको ७ औँ गाँउसभामा बोल्दै ढुङगानाले बिगतमा घोषणा गरिएका कार्यक्रमहरु समयमै सम्पन्न गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु प्रसाद भुसालले पालिका भित्र रहेका बेरोजगारहरुलाई सिपमुलक तालिमको ब्यबस्था गरि रोजगारको श्रीजना गर्नुपर्ने बताउनु भयो ।

उद्घाटन सत्र पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता, वडा नम्बर ४ का वडा अध्यक्ष लिलबहादुर खत्रीको स्वागत र प्रशासकीय अधिकृत रमेश थापाको सञ्चलानमा सम्पन्न भएको हो ।

« बरेङ गाउपालिकामा संचालित ५दिने सुचना प्रविधि सम्बन्धि निशुल्क अनलाइन तालिम सम्पन्न «

» बरेङमा ३७ करोड ३४ लाख ४७ हजार बराबरको बजेट प्रस्तुत »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal