दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा ३७ करोड ३४ लाख ४७ हजार बराबरको बजेट प्रस्तुत

५,असार ०७८ । दिपेन्द्र परियार बरेङ । बरेङ गाउपालिकाको ७ औँ गाँउसभामा आर्थिक वर्ष २०७८÷०७९ का लागि पालिका अध्यक्ष कृष्णप्रसाद शर्माद्धारा नीति कार्यक्रम र उपाध्यक्ष दिलकुमारी पुनद्धारा बजेट प्रस्तुत भएको छ । 

पालिकाको सातौँ गाउँसभामा पालिका उपाध्यक्ष दिलकुमारी पुनले ३७ करोड ३४ लाख ४७ हजार ४ सय ४० रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । गाउँ सभाबाट पालिकाभित्र कार्यरत सबै शाखा तथा वडाका करार कर्मचारीका लागि २०७८ साउनबाट लागू हुने गरी मासिक २ हजार वृद्धि गर्ने भएको छ ।

त्यस्तै विद्यालयमा कार्यरत कर्मचारी तथा बालशिक्षकका लागि भने मासिक १५ हजार, सामुदायिक सिकाइ केन्द्रका परिचालिकाका लागि ८ हजार २ सय र लेखापालका लागि मासिक १६ हजार तलब गराइने आजको सभाबाट प्रस्तुत गरिएको छ ।

« बरेङ गाउपालिकाको ७ औँ गाँउसभा जिल्ला समन्वय प्रमुख ढुङगाना द्धारा उद्धघाटन «

» बरेङ गापाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४५ लाख साझेदारी गर्ने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal