दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गापाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४५ लाख साझेदारी गर्ने

बिहानी स‌वांददाता । ०५ असार ०७८ । बरेङ गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ४५ लाख रुपिया साझेदारी गर्ने भएको छ ।

पालिकाका पाँच वडा मध्ये वडा नम्बर ५ सुखौराले १९ लाख ५० हजार, वडा नम्बर ४ सल्यानले पाँच लाख ५० हजार, वडा नम्बर ३ बाटाकाचौरले ४ लाख, वडा नम्बर २ हुग्दिशिरले ६ लाख, वडा नम्बर १ धुल्लुबास्कोटले ६ लाख र पालिकाको तर्फबाट ४ लाख गरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका आयोजनामा खर्च हुने निर्माण सामग्रीका  लागि ४५ लाख साझेदारी गरिएको  पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । 

पालिकालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आगामी आर्थिक वर्ष २०७८÷०७९ मा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाका निमित्त  ४२ लाख १३ हजार, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका अन्र्तगत ६९ लाख ५ हजार र कार्यप्रगतिको आधारमा ७५ लाख ५४ हजार गरी सशर्त अनुदानको रुपमा  १ करोड ८६ लाख ७२ हजार रुपैया उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

आगामी आर्थिक वर्षको प्राप्त बजेट अनुसार बरेङ गाउँपालिकामा २९२ जनाले रोजगार पाउने छन् । स्थानीय तहको साझेदारी रकम र सशर्त अनुदान रकम अनुसारका ७० प्रतिशत योजना पालिकाको सातौँ गाउँसभाले पारित गरेको छ । बाँकी रकम अनुसारको योजना आगामी कार्यपालिका बैठकबाट पारित गर्ने गाउँपालिकाले जनाएको छ ।

« बरेङमा ३७ करोड ३४ लाख ४७ हजार बराबरको बजेट प्रस्तुत «

» रेडियो कार्यक्रम बरेङमा निकै प्रभाबकारी ः नयाँ आर्थिक बर्षमा ३ लाख »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal