दर्ता. न‌: २४५/०६५/०६६

रेडियो कार्यक्रम बरेङमा निकै प्रभाबकारी ः नयाँ आर्थिक बर्षमा ३ लाख

दिपेन्द्र परियार ७ असार ०७८। बरेङ गाँउपालिकाले रेडियो कार्यक्रमलाई नयाँ आर्थिक वर्ष २०७८÷०७९ मा निरन्तरता दिएसँगै बिद्यालय, शिक्षक, बिद्यार्थि र अभिबावक उत्साहित भएका छन ।

प्रायजसो खेलकुदमा रमाउने बालबालिकालाई रेडियो कार्यक्रमले स्वध्यन तर्फ केन्द्रीत गराएको भन्दै बरेङ गाँउपालिकाले नयाँ आर्थिक बर्षभरिका लागी बजेट बिनियोजित गरिदिएपछि  बिद्यालय, शिक्षक, बिद्यार्थि र अभिबावक थप उत्साहित भएका हुन ।

रेडियो कार्यक्रमले निरन्तर बिद्यार्थिलाई अध्यनशिल बनाउनुुका साथै उनिहरुको प्रतिभा पहिचान, देखि बिषयगत शिक्षक, बिद्यालय ,अभिबावक लाई क्रियाशिल बनाएर स्थानिय सरकार सँगको सम्बन्धलाई समेत सकारात्मक बनाएको भन्दै यो कार्यक्रमलाई निरन्तरता दिएकोमा  महेन्द्र माध्यमीक बिद्यालयका प्रधानाध्यापक खिम बहादुर पुनले खुसी ब्यक्त गर्नुभयो ।

”बिषयगत क्वीज रेडियो कार्यक्रम अत्यन्तै प्रभाबकारी छ पुनले भन्नुभयो ,बरेङ गाँउपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिएकोमा हामि थप उत्साहित भएका छौ ,बिगतको तुलनामा कार्यक्रमलाई थप ब्यबस्थित र प्रभाबकारी कसरी बनाउन सकिन्छ भन्ने बिषयमा सबै सँग छलफल गरेर कार्यक्रम छिट्टै सञ्चालन गर्नु पर्छ ”

बरेङमा निकै प्रभाबकारी तथा लोकप्रीय बनेपछि अबको आर्थिक बर्षमा पनि रेडियो कार्यक्रमलाई निरन्तरता दिएको पालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भयो । 

“बन्दाबन्दी को समयमा बिद्यार्थिको सिकाई क्रियाकलापलाई निरन्तरता दिन स्थानिय सञ्चारलाई उपयोग गरौ भन्ने लाग्यो र त्यहि अनुसार यो कार्यक्रम लिएका थियौ ,अध्यक्ष शर्माले भन्नु भयो, बरेङमा यो कार्यक्रम सफल र प्रभाबकारी भएपछि आउने आर्थिक बर्षमा समेत यसलाई निरन्तरता दिएका छौ ” 

आर्थिक बर्ष ०७७÷०७८ मा बन्दा बन्दीको समयमा परिक्षणको रुपमा हप्तामा १ दिन सञ्चालन गरिएको रेडियो कार्यक्रम बरेङमा निकै प्रभाबकारी तथा लोकप्रीय बनेपछि गत बैसाख ३१ गते बाट असार ३ सम्म दैनिक १ घण्टा सञ्चालन गरिएको थियो । बन्दाबन्दीको अबस्थामा मात्रै नभई अन्य  समयमा पनि कार्यक्रम प्रभाबकारी हुने सबै सरोकार वालाहरुको सुझाब र माग अनुसार नयाँ आर्थिक बर्षभरिका लागी ३ लाख रकम बजेट बिनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले बताउनु भयो ।

कार्यक्रम श्राबण १ गते बाट सञ्चालन हुने अधिकृत थापाको भनाई छ । 

बरेङमा रेडियो कार्यक्रम प्रभाबकारी भएपछि अन्य पालिकाका बिद्यार्थिहरुले समेत कार्यक्रमको माग गरेका छन ।

« बरेङ गापाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४५ लाख साझेदारी गर्ने «

» भुक्तानी लिन बाँकी रहेका उपभोक्ताहरुलाई असार २० गते भित्र भुक्तानी लिन बरेङको आग्रह »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal