करेन्ट लाग्दा दुहुनो भैँसीको मृत्यु
जीवन पौडेल,
२०७५ असोज, १, बरेङ । बरेङ गाउँपालिका वडा नम्वर २ डाँडाकटेरीमा विद्युत सर्ट हुँदा एउटा भैँसी घटना स्थलमै मरेको छ ।
स्थानिय स्यामलाल शर्माको दुहोनो भैसी सोमबार करिब मध्यान १२ बजेको समयमा विद्युतको पोलमा टाँसिदा मृत्यू भएको हो । घर नजिकैको पोखरीमा पानी खाएर गोठमा फर्किने क्रममा फलामको पोलमा टाँसिएर मृत्यु भएको त्यहाँबाट युवराज सापकोटाले जानकारी दिए ।
घर नजिकमा रहेको काठको पोल विगत केही दिन देखि भाँचियको र तार जोडिएको हुनाले फलामको पोलमा विद्युत प्रवाह भएको हुन सक्ने स्थानियको भनाई छ ।
स्थानियका अनुसार ठाउँठाउँमा काठका पोल भाँचिएका, हरियो घाँसमा तार लत्रिएका छन तर सामुदायिक विद्युतिकरण बरेङले कुनै चासो नदेखाएको गुनासो छ ।
पटक पटक उपभोक्ता समितिलाई यस बारे जानकारी गराएता पनि समितिले कुनै चाँसो नदेखाएको उपभोक्ताको भनाई छ । यसबारे सम्वन्धीत निकाएको चाँसो पुग्नुपर्ने देखिन्छ ।
« बरेङ गाउँपालिकामा अखिल छैठौँको प्रथम भेला सम्पन्न, गुरुङको अध्यक्षतामा १३ सदस्य कमिटि गठन «
» बिहानीको सेवाकेन्द्र बिस्तार अभियान जैमिनी न.पा. १० राङखानीमा । »