बरेङका ५० आसक्त र अतिबिपन्नलाई ग्रामिण स्वास्थ्य सुधार परियोजनाको खाद्यान्न
दिपेन्द्र परियार ९ असार ०७८ । ग्रामिण स्वास्थ्य सुधार परियोजनाले बरेङ गाँउपालिका वडा न १ का १३ घरधुरी सहित ५० घर परिवारलाई लाई खाद्यान्न बितरण गरेको छ ।
फेयरमेड फाउण्डेसनको को आर्थिक सहयोग र बिवाईसि बाग्लुङको साझेदारिमा सञ्चालीत ग्रामिण स्वास्थ्य सुधार परियोजनाले उपलब्ध गराएको खाद्यान्न लगाएतका सामाग्री मंगलबार वडा न १ का १३ घरपरिवार वडा न २ हुग्दिसिरका १३ वडा न ३ बाटाकाचौरका १० वडा न ४ सल्यानका ७ र वडान ५ सुखौराका ७ बिपन्न तथा अपाङग परिवारलाई जनप्रतिनिधीको रोहबरमा खाद्यान्न लगाएतका सामाग्री हस्तान्तरण गरिएको हो ।
कोरोना संक्रमणका कारण तिब्र मारमा परेका गाँउपालिकाको वडा न १ का १३ घरपरिवार वडा न २ हुग्दिसिरका १३ वडा न ३ बाटाकाचौरका १० वडा न ४ सल्यानका ७ र वडान ५ सुखौराका ७ अति बिपन्न तथा अपाङगता भएका ५० घरपरिवारलाई चामल २५ किलो नुन २किलो खानेतेल २ किलो दाल ३ किलो चिनि २ किलो नुहाउने साबुन २ वटा र लुगाधुने सावुन २ वटाका दरले बितरण गरेको वडा न १ धुल्लुवास्कोटका अध्यक्ष नरसेङ पुनले बताउनु भयो ।
वडाको सिफारिसका आधारमा पिडित परिवार छनोट गरिएको परियोजना का प्रतिनिधीले नाम उल्लेख नगर्ने सर्तमा बताउनु भयो ।
« भुक्तानी लिन बाँकी रहेका उपभोक्ताहरुलाई असार २० गते भित्र भुक्तानी लिन बरेङको आग्रह «
» पर्यटकिय स्थल हाँडिकोट पदमार्ग तथा भ्यूटावर निर्माण योजनाको कार्य उत्कृष्ट ः ढुङगाना »







