दर्ता. न‌: २४५/०६५/०६६

पर्यटकिय स्थल हाँडिकोट पदमार्ग तथा भ्यूटावर निर्माण योजनाको कार्य उत्कृष्ट ः ढुङगाना

दिपेन्द्र परियार ९ असार ०७८ । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगाना,ले जैमिनिमा सञ्चालित बिभिन्न योजना मध्ये  जैमिनिको ऐतिहासिक पर्यटकिय स्थल हाँडिकोट पदमार्ग तथा भ्यूटावर निर्माण योजनाको कार्य उत्कृष्ट रहेको बताउनु भएको छ । 

मंगलबार प्रमुख ढुङगाना,उप प्रमुख बिष्णु भुसाल सहितको टोलीले बाग्लुङको जैमिनी नगरपालिकाका बिभिन्न योजना हरुको अनुगमनका क्रममा पर्यटकिय स्थल हाँडिकोट पदमार्ग तथा भ्यूटावर निर्माण योजनाको कार्य उत्कृष्ट रहेको प्रतिक्रिया दिदै पालिकामा सञ्चालित अन्य योजनाहरुको पनि कार्यप्रगति सन्तोसजनक रहेको रेडियो बिहानीलाई बताउनु भएको छ ।

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत जैमिनि नगरपालिका  को दर्लेबेसी खेलमैदान , सर्कुवा ब्यारथला सडक स्तरउन्नत्ति ,जिल्ला समन्वय समिति बागलुङको मौजात कोष बाट निर्माण भएको  दलित उत्थान प्रा बि को ३ कोठे भवन ,प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय को कुस्मीसेरा राङखानी बरेङ शान्तिपुर सडक ,संघीय सरकार बाट बिनियोजित एवं नगर पालिकाको साझेदारिमा प्रर्यटन पुर्वाधार अन्तरगत जैमिनिको ऐतिहासिक प्रर्यटकिय हांडिकोट पदमार्ग तथा भ्यूटावर निर्माण ,रिठेडांडा प्रर्यटन पुर्वाधार निर्माण  र नगरपालिका द्वारा संचालित विभिन्न योजनाहरुको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगाना,उप प्रमुख बिष्णु भुसाल जैमिनि नगरपालिकाका उपप्रमुख लिला राना ईन्जीनियर वडा अध्यक्ष सहितको टिमले  अनुगमन गरेको हो ।

। अनुगमन पछि टोलीले आबस्यक सुझाब समेत दिएको उपप्रमुख भुसालले बताउनु भयो ।

« बरेङका ५० आसक्त र अतिबिपन्नलाई ग्रामिण स्वास्थ्य सुधार परियोजनाको खाद्यान्न «

» बरेङ ः पालिका स्तरीय मुल्यांकन परिक्षामा उत्कृष्ट हुने शिक्षक, अविभावक तथा बिद्यार्थी पुरस्कृत »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal