दर्ता. न‌: २४५/०६५/०६६

बरेङ ः पालिका स्तरीय मुल्यांकन परिक्षामा उत्कृष्ट हुने शिक्षक, अविभावक तथा बिद्यार्थी पुरस्कृत

दिपेन्द्र परियार १४ असार ०७८ । बरेङ गाउँपालिकाले उत्कृष्ट हुने शिक्षक, अविभावक तथा बिद्यार्थीलाई पुरस्कृत गरेको छ । बागलुङको बरेङ गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय मुल्यांकन परिक्षामा प्रथम द्धित्तिय र तृतीय हुनेलाई पुरस्कृत गरेको हो । 

गाउँपालिकाले  गत चैत १४ गते वडास्तरीय केन्द्र बनाएर सञ्चालन गरेको कक्षा ४, कक्षा ७ र कक्षा ९ का बिद्यार्थी, उनिहरुका अविभावक र बिषयगत शिक्षकहरुलाई पुरस्कार वितरण गरिएको बरेङ गाउँपालिकाका शिक्षा शाखा संयोजक सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो । 

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा  उपाध्यक्ष डिल कुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको आतिथ्यता रहेको थियो भने शिक्षा शाखा संयोजक शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

कार्यक्रममा उत्कृष्ट हुने बिद्यालयका प्रधानाध्यापक, बिद्यार्थी, शिक्षक तथा अविभावकहरुको उपस्थिति रहेको थियो

« पर्यटकिय स्थल हाँडिकोट पदमार्ग तथा भ्यूटावर निर्माण योजनाको कार्य उत्कृष्ट ः ढुङगाना «

» बरेङ बजारमा पिच गरिएको मोटरबाटो ६ महिनामै क्षत बिक्षत ः लाखको योजना ले करोडौको क्षति »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal