दर्ता. न‌: २४५/०६५/०६६

बरेङ बजारमा पिच गरिएको मोटरबाटो ६ महिनामै क्षत बिक्षत ः लाखको योजना ले करोडौको क्षति

दिपेन्द्र परियार १७ असार ०७८ । बरेङ बजारमा पिच गरिएको मोटरबाटो ६ महिनामै क्षत बिक्षत भएको छ । बरेङ बजार भन्दा उत्तर पट्टी पालिका स्तरिय खेल मैदान निर्माणका लागी काटिएको डाडाको माटो उचित ठाँउमा ब्यबस्थापन गर्न नसक्दा करोडौको लागतमा सम्पन्न भएको बजारको पिच बाटो  बिभिन्न ठाँउमा भासिएको छ भने कालोपत्र उप्किएर क्षत बिक्षत भएको हो ।

बाटोको भार क्षमता भन्दा बढि लोड भएका ठुलागाडिहरु गुडेपछि बाटो ठाँउठाँउमा भासिनुका साथै कालोपत्रे उप्किएको छ । 

लगातारको बर्षा र खेलमैदान निर्माणका लागी डाडाँ काटिएको माटो दैनिक टिप्पर तथा ट्याक्टरमा लोड गरेर भाटि बजारमा फाल्दै गर्दा १ करोड ३९ लाख रुपैयाँ लागतमा कालोपत्रे गरिएको बाटो, पिच भएको ६ महिनामै क्षतबिक्षत भएको बताउनु हुन्छ बरेङ गाँउपालिकाका सब ईन्जिनियर राजन खरेल  । 

“कार्पेट सिस्टम बाट पिच गरिएको बाटोको भार क्षमता १० टन देखि १२ टन हो हामिले बजारका केहि ब्यक्तिहरुलाई बाटोको भार क्षमताको बिषयमा भनेका थियौ तर उहाँहरुले मान्नुभएन,सब ईन्जिनियर खरेलले भन्नुभयो एकातिर लगातारको बर्षा छ , अर्कोतिर २ पाङग्रे देखि ४ पाङग्रे गाडिहरु मात्रै गुड्ने बाटोमा लोड गरिएका टिप्पर तथा जेसिबिहरु लगातार हिडाउदा ओभरलोडकै कारण बाटो बिग्रेको होे ”

आफुहरुले लाखौलगानी गरेर बनाएको घरजग्गा बाटोको लागी त्यागेको स्मरण गर्दै बरेङ बजार ब्यबस्थापन समितिका अध्यक्ष दिलराज पुनले बाटोको भार क्षमताको बिषयमा आफुहरुलाई केहि जानकारी नभएको भन्दै यो बिषयमा तुरुन्तै बैठक बसेर निर्णय गर्ने बताउनु भयो । 

“हामिले बाटोको लागी ठुलो त्याग गरेका छौ आफु बस्ने बास समेत त्यागेर बाटो बनाएका हौ, यो बाटोको हामी सबैलाई उत्तीकै माया छ । भोलीनै बजार ब्यबस्थापन समितीको बैठक राखेर आबस्यक निर्णय गर्छौ ”  ।  बाटो संरक्षणमा स्थानियको समेत बेवास्ता रहेको कतिपएको बुझाई छ । बाटोको भार क्षमता अनुसारको मापदण्ड निर्धारण नगर्नु, स्थानियले बाटोमै निर्माण सामाग्री हरु राख्ने नालि हरु अबरोध गर्ने, पेट्रोल डिजल बाटोमै फाल्ने लगाएतका कार्यहरु गर्नाले पनि बाटो को अबस्था बिग्रन पुगेको कतिपय सरोकार वालाहरुको भनाई छ ।

हिउदमा धुलो तथा बर्खामा हिलाम्मे सडकका कारण सास्ती बेहोर्दै आएका बरेङ बजार बासि नागरिकहरु थोरै भएपनि बजारमा कालो पत्रे हुदाँ खुसी भएकाथिए तर ६ महिना पनि नबित्दै बाटो पुरानै स्वरुपमा हिलाम्मे हुन थालेपछि स्थानिय चिन्तीत भएका छन ।

बरेङमा २० लाखको योजना निर्माणले करोडौको लागतमा सम्पन्न कालोपत्रे मोटरबाटो क्षत बिक्षत हुनु निकै दुखद भएको सब ईन्जिनियर खरेलको भनाई छ । 

चालु आर्थिक बर्षको अन्त्यमा आएर २० लाखको लागतमा बजार को उत्तर पट्टिि रहेको ट्याम्कुली डाडा काटेर पालिका स्तरिय खेल मैदान निर्माणकार्य भैरहेको छ । 

नेपाल सरकारको समानीकरण अनुदान ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लगानीमा बरेङगाँउपालिकाले पालिकाको गौरवको योजना भन्दै प्राथमिकतामा राखेर साँघुरो बजार क्षेत्रलाई फराकिलो बनाउदै रु १ करोड ४५ लाख ६५ हजार ६ सय २० रुपैया ५८ पैसाको लागतमा एक किलोमिटर लम्बाई र ५.५ मिटर चौडाई रहेको सडक कालोपत्रे गरेर ०७७ को पौस १२ गते भुक्तानि गरेको थियो ।

« बरेङ ः पालिका स्तरीय मुल्यांकन परिक्षामा उत्कृष्ट हुने शिक्षक, अविभावक तथा बिद्यार्थी पुरस्कृत «

» गुल्मी ः खड्गकोटका उपभोक्ताले ३ महिनाको विद्युत महशुल तिर्नु परेन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal