गुल्मी ः खड्गकोटका उपभोक्ताले ३ महिनाको विद्युत महशुल तिर्नु परेन
हरिकुमार केसि २२ असार ०७८। पुर्तिघाट । गुल्मी ।खड्गकोट सामुदायिक विद्युतीकरण उपभोक्ता समूहले ३ महिनाको विद्युत महशुल पूर्ण रूपमा छुट दिएको छ ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ मा रहेको सो उपभोक्ता समूहले आफ्ना ७ सय ८० उपभोक्ता लाई चैत्र,बैसाख र जेठ महिनाको महशुल पूर्ण रूपमा छुट दीइएको उपभोक्ता समूहका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो।
तिब्र रुपमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमणका कारण गरिएको लकडाउन ले उपभोक्ताको जनजीवन लाई प्रभावित बनाएकोले राहत स्वरुप तीन महिनाको २ लाख ५० हजार बराबर को महशुल छुट दिइएको शर्माले बताउनु भयो । उपभोक्ता समूहले ३ महिनाको महशुल छुट दिएपछि उपभोक्ताले खुशी व्यक्त गरेका छन् ।
« बरेङ बजारमा पिच गरिएको मोटरबाटो ६ महिनामै क्षत बिक्षत ः लाखको योजना ले करोडौको क्षति «







