दर्ता. न‌: २४५/०६५/०६६

सुत्केरी आमाहरुलाई कुखुराको भाले तथा सरसफाईका सामाग्री

दिपेन्द्र परियार २५ असार ०७८ ।बरेङ गाउँपालिका बागलुङले उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम अन्तर्गत सुत्केरी आमाहरुलाई कुखुराको भाले तथा सरसफाईका सामाग्री प्रदान गरेको  छ ।

पालिकाको वडा नम्बर २, ३,४ र ५ का  सुत्केरी आमाहरुलाई आज शुक्रबार एक कार्यक्रमकाबीच  कुखुराको भाले र बच्चाका लागि सरसफाइ सामग्री वितरण गरिएको हो  । वडा नम्बर २ हुग्दिसिरका १२ जना वडा न ३ बाटाककाचौरका १७ जना  वडा नम्बर ४ सल्यानका ७ जना र वडा न  ५ सुखौराका २ जना   सुत्केरी आमाहरुलाई कुखुराको भाले वितरण गरिएको हो ।

पालिकाले दिएका मापदण्ड पुरा गर्दै स्वास्थ्य संस्थामा पुगेर नियमित चेकअप गराउने गरेका सुत्केरीलाई प्रोत्साहन स्वरुप कुखुराको भाले तथा स्वास्थ्य सरसफाईका सामाग्री उपहार दिइएको उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । गर्भवती महिलाहरुको लागि आमा र बच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राखेर बरेङ गाँउपालिकाले पोसिलो झोला, उज्यालो बालबचत सुत्केरी प्रोत्साहन भत्ता वितरण गर्दै आइराखिएको छ । “गाउँपालिकाभित्र जन्मिने बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुने उनीहरुको पहुँच पु¥याउन” पालिकाले आफ्नो नीति कार्यक्रममा यस्तो कार्यक्रमको समावेश गरेको उपाध्यक्ष पुनको भनाइ छ ।

उपहार सानो भएतापनि गर्भवती महिलालाई जोखिमबाट बचाउनका लागि सचेत हुन आग्रह गर्दै स्वास्थ्य संस्थामा नै सुत्केरी हुनुपर्छ भन्ने सोचको विकास गर्न कार्यक्रमले फाइदा पुग्ने हुग्दिसिर स्वास्थ्य चौकी प्रमुख सजना थापाले बताउनु भयो ।

पालिकाले चालु आ.व ०७७÷०७८ को नीति, कार्यक्रम तथा वार्षिक योजना अन्र्तगत सोही कार्यक्रमका लागि १ लाख ३० हजार बजेट विनियोजन गरेको छ । 

आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो बनाउने र सुत्केरी जोखिमलाई न्यूनीकरण गर्ने कार्यक्रमको उद्देश्य रहेको गाउँपालिकाले बताएको छ । 

कार्यक्रममा सहभागी आमा हरुले आफूहरुलाई यस्ता कार्यक्रमले गर्दा स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्दो रहेछ भन्ने ज्ञान हासिल गराउनुका साथै स्वास्थ्य संस्थामा जानका लागि प्रोत्साहन गरेकोे भन्दै खुसी व्यक्त गरेका छन । अष्उि

सुत्केरी आमाहरुको स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गाउँपालिकाको ५ वटा वडाभर सञ्चालन गर्ने  छ बाँकी रहेको वडा न १ धुल्लुबास्कोट स्वास्थ्य चौकी मा भोली बितरण गर्ने स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुनले जानकारी दिनुभयो । गाउँपालिकाले सुत्केरी महिलाहरुको लागि विभिन्न कार्यक्रम गर्र्दै आइराखेको छ ।

« बरेङ गाँउपालिकामा थप ३ जनामा कोभिड १९ संक्रमण पुष्टि «

» अपराधिक क्रियाकलाप नियन्त्रण गर्न बरेङ बजारमा सिसि क्यामरा ःसुचना प्रबाहका लागी फ्री वाईफाई »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal