दर्ता. न‌: २४५/०६५/०६६

अपराधिक क्रियाकलाप नियन्त्रण गर्न बरेङ बजारमा सिसि क्यामरा ःसुचना प्रबाहका लागी फ्री वाईफाई

दिपेन्द्र परियार ३० असार ०७८ । बरेङ गाँउपालिकाले बरेङ बजारमा जडान गरिएको सिसि क्यामेरा तथा फ्री ईन्टरनेट को उद्धघाटन सहित सञ्चालन गरेको छ । बरेङ बजारको शान्ति सुरक्षा व्यवस्थित गर्न र बजारमा हुन सक्ने अपराधिक गतिबिधिलाई नियन्त्रण गर्नका लागी बजार क्षेत्रका बिभिन्न १० ठाँउमा सिसि क्यामेरा जडान गरिएको गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भयो ।

बजारमा जडित सिसि क्यामेरामा देखिने गतिविधि ईलाका प्रहरी कार्यालय बरेङडाँडा तथा बरेङ गाँउपालिकाको कार्यलय सूचना प्रशासन शाखाबाट निगरानी गरिने सुचना प्रबिधि अधिकृत राजन कार्किले बताउनु भयो ।

यस्तै पालिकाले पहिलो चरणमा बरेङ बजार मा फ्रि ईन्टरनेट समेत बिस्तार गरेको  छ । पालिकालाई सुचना प्रबिधि मैत्री बनाउन आम नागरिक र सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर फ्रि वाइफाईको व्यवस्था गरिएको बरेङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

« सुत्केरी आमाहरुलाई कुखुराको भाले तथा सरसफाईका सामाग्री «

» सुखौरामा सडक बत्तिः सहरको झल्को गाँउमा »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal