दर्ता. न‌: २४५/०६५/०६६

बिहानीको सेवाकेन्द्र बिस्तार अभियान जैमिनी न.पा. १० राङखानीमा ।

०२ आश्विन २०७५, राङखानी । बागलुङको बरेङ गाँउपालिका वडा नंं. १ बरेङ बजारमा प्रधान कार्यलय रहि बिगत ८ बर्ष देखि सेवा प्रदान गर्दै आईरहेको बिहानी बहुद्देश्यीय सहकारी संस्था लि. को सेवा केन्द्र बिस्तार अभियान जैमिनी नगर पालिकाको वडा नं. १० राङखानीमा सम्पन्न भएको छ । शेयर सदस्य तथा सेवाग्रहीहरुलाई नजिक बाट सेवा प्रदान गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको अभियान अन्र्तगत सोमवार उक्त वडा बाट संस्थामा अबद्ध शेयर सदस्यहरुको भेला किटेनी गोदाम घरमा सम्पन्न भएको हो ।

भेलाले किटेनी गोदाम घरमा केन्द्र स्थापना गर्दै संस्थाको नियमानुसार मासिक बचत तथा कर्जा लगानी असुली गर्ने गरी प्रत्यक महिनाको १ गते १२ बजे मासिक बैठक बस्ने निर्णय गरेको छ भने  तर्कबहादुर थापा संयोजक रहने गरि प्रेम कुमारि श्रीस राना, भवानी पौडेल, दल बहादुर थापा र लिल बहादुर श्रीस सदस्य सहित ५ सदस्यीय वडा समन्वय समिति गठन गरेको छ ।

संस्थाका अध्यक्ष, प्रबन्धक र सचिबको बिषेश उपस्थितिमा सम्पन्न भेलामा संस्थाका सदस्य एबं शिक्षिका प्रेम कुमारि श्रीस राना, ऋण उप समिति सदस्य लाल बहादुर पुन र सचिब बिमल प्रसाद शर्माले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनको अध्यक्षता, सञ्चालक सदस्य तर्क बहादुर थापाको स्वागत मन्तव्य तथा संस्थाका प्रबन्धक शेखर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

« करेन्ट लाग्दा दुहुनो भैँसीको मृत्यु «

» सुदला बरेङ बाघकाटे गाजादह सडक दशैं अगावै स्तरोन्नती गरिने । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal