दर्ता. न‌: २४५/०६५/०६६

बरेङको आ.व २०७७÷०७८ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

३१ असार २०७८ । बिहानी संवाददाता, हुग्दिशिर । बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार पालिकाको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा पालिकाभित्रका स्वास्थ्य, शिक्षा, रोजगार, सूचना प्रविधि, सामाजिक सुरक्षा, पशु, कृषि, प्राविधिक, खरिद, प्रशासन, लेखा, कोभिड अस्पताल र पाँच वटै वडाले सम्पन्न भएका काम, चुनौती र उपलब्धिको बारेमा वित्तिय तथा भौतिक प्रगति विवरण सार्वजनिक गरेका थिए । त्यस्तै समीक्षा कार्यक्रममा क्याम्पस, बैंक, विद्युत, रेडियोले समेत आफ्नो वार्षिक प्रगति सार्वजनिक गरेका हुन् ।

पालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति योजना, बजेट तथा कार्यक्रम समेत सार्वजनिक गरेको हो । समयमा काम सम्पन्न गरेर चालु आ.व भित्र नै समीक्षा तथा सार्वजनिक सुनुवाई गर्न पाएकोमा पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले खुसी व्यक्त गर्नुभएको छ । समयमा काम सक्नुमा पालिकाभित्रका सबै व्यक्तित्वहरुको देन रहेको समेत बताउनुभयो ।

समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा नेकपा एमालेका प्रेमप्रसाद शर्मा र राष्ट्रिय जनमोर्चाका तर्फबाट हिराबहादुर थापाले पालिकाको राम्रो कार्यलाई समर्थन गर्दै जनमुखी सेवामा तत्पर रहनका लागि पालिकाको सम्पूर्ण टिमलाई अनुरोध गरेका छन् ।

कार्यक्रम पालिका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको स्वागत र शिक्षा अधिकृत सुर्यप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

पालिकाले चालु आ.व मा ९२.२ प्रतिशत वित्तिय प्रगति गरेको छ ।

« सुखौरामा सडक बत्तिः सहरको झल्को गाँउमा «

» बरेङ गाउँपालिका अध्यक्ष शर्माद्धारा कर्मचारीको प्रशंसा »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal