दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिका अध्यक्ष शर्माद्धारा कर्मचारीको प्रशंसा

३१ असार २०७८ । बिहानी संवाददाता, हुग्दिशिर । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पालिकाका कर्मचारीको प्रशंसा गर्नुभएको छ ।

समयमै काम सम्पन्न गर्नमा सहयोग गरी आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम चालु आ.व भित्र नै गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी आर्थिक वर्षमा समेत प्रशंसनीय काम गर्नेमा आफू ढुक्क रहेको बताउँदै सेवाप्रति तत्पर रही सेवाग्राहीको काम समयमा सम्पन्न गरेकोमा आभार व्यक्त गर्नुभयो ।

कर्मचारीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले सबै शाखाको समन्वय सहकार्य गरेर मुस्कानसहितको सेवा गर्नमा आफूहरु प्रतिबद्ध रहेर काम गर्ने बताउनुभयो । कर्मचारीलाई आर्थिक वर्ष सकिदैमा काम नसकिने हुनाले आफु नफस्ने, नचुक्ने र हेरेर नबस्ने भन्दै आगामी आर्थिक वर्षको लागि सुरुवातबाट नै लागिपर्नुपर्ने जानकारी गराउनुभएको छ ।

त्यस्तै स्वास्थ्य शाखा प्रमुख पदमबहादुरले पुनले बितेका कुरालाई छाडेर सबै समन्वय गरी नयाँ जोस जागरका साथ काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।  पुनले पछि गरौँला समय छ भनेर काम साचेर बस्नुभन्दा विस्तारै काम सम्पन्न गर्दै गएमा सेवाग्राही र आफैँलाई पनि सहज हुने बताउनुभयो ।

« बरेङको आ.व २०७७÷०७८ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न «

» बरेङमा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत रानालाई स्वागत »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal