बरेङमा कोरोना संक्रमणको स्थिति भयाबह बन्दै ः ३९ संक्रमित थपिए
हरिकुमार केसि १७ साउन २०७७ । बरेङ मा आईतबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा गत श्रावण १५ गते स्वाव संकलन गरी परीक्षणको लागि पठाइएका वडा नम्बर ५ का ३६ जना मध्य २८ जना मा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य वर्ष २५,१०,३५,१६,४९,२३,४९,४५,५१,२२,३०,२५,२ र २० वर्षका महिला तथा वर्ष १२,३४,४०,५९,४४,३३,५७,४०,३६,२६,४८,५३,२ र २६ का पुरुष मा संक्रमण पुष्टि भएको हो ।
यस्तै संकास्पद लक्षण देखिएका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा वडा नम्बर ३ का वर्ष २९ र ३० का पुरुष तथा वर्ष २७,२६ र ६५ का महिला
यस्तै वडा नम्बर ४ मा वर्ष २२ का पुरुष तथा वडा नम्बर ५ का वर्ष ४० र २८ का पुरुष, वर्ष ५२,५८,४८ का महिला गरी ११ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्य ४ जना अस्थाई कोभीड अस्पतालमा उपचार भइरहेको छ भने अन्य संक्रमित होम आइसोलेसनमा रहेको बरेङ गाउँपालिका का जनस्वास्थ्य निरीक्षक पदम बहादुर पुनले जानकारी दिनुभयो ।
यसै बीच वडा नम्बर ३ को आईतबार बसेको बिपद व्यवस्थापन समितिको बैठकले श्रावण १९ गते वडामा रहेका संकास्पद लक्षण देखिएमा व्यक्तिहरूको श्वाब संकलन गरी परीक्षणको लागि पठाउने निर्णय गरिएको छ । समितिको बैठकले सोमबार बाट लागु हुनेगरी एक हप्ताको लागि पूर्ण रूपमा वडा शिल गर्ने निर्णय गरेको छ । कक्षा ११ को परीक्षा भने स्वास्थ्य कडा मापदण्ड सञ्चालन हुने जनाइएको छ ।
« धारा माबिमा स्वास्थ्य सामग्री हस्तान्तरण «
» बरेङ गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत थापाको बिदाई »







