बरेङ गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत थापाको बिदाई
२४ साउन ०७८ । हुग्दिशिर, हरिकुमार केसी । बरेङ गाउँपालिका बागलुङले गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको बिदाई गरेको छ । त्यस संगै पालिकाले स्रोत व्यक्ति न्यौपानेको समेत विदाई गरेको छ ।
आईतबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बीच निवर्तमान अधिकृत थापा र स्रोत व्यक्ति यज्ञ प्रसाद न्यौपानेको विदाई गरिएको हो ।
लामो समयसम्म बरेङ गाउँपालिका मा प्रमुख प्रशासकीय अधिकृत को रूपमा रहनुभएका थापा गण्डकी प्रदेश मुख्य मन्त्रीको कार्यालय अथवा मातहतको कार्यालयमा रहने गरी सरुवा हुनुभएको हो । स्रोत व्यक्ति न्यौपाने भने उमेर हदबन्दी का कारण अनिवार्य सेवा निवृत्त हुनुभएको हो ।
यस्तै गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत जितबहादुर रानालाई आजै गाउँपालिकाको नीति तथा कार्यक्रम सहितको रातो किताब हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै बरेङ गाउँपालिका का उपाध्यक्ष दिलकुमारी पुनले गाउँपालिका को लागि थापा र न्यौपानेको योगदानको प्रशंसा गर्नुभएको थियो ।
उपाध्यक्ष पुनले पालिकाका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत थापालाई गाउँपालिका बाट विदाई गरेपनि आगामी दिनमा पनि उहाँको सहयोग र सुझाब सल्लाह रहने विश्वास व्यक्त गर्नुभयो ।
बरेङ गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर राना ले बरेङ गाउँपालिका को नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र योजना कार्यान्वयनको लागि लागिपर्ने बताउनु भयो । उहाँले पुर्व प्रशासकिय अधिकृत रमेश थापाले सुरु गरेका असल कार्य र अभ्यासहरुलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउनु भयो ।
यस्तै गाउँपालिका का निवर्तमान प्रमुख प्रशासकीय अधिकृत थापाले बरेङ गाउँपालिका मा रहेर काम गर्दा जनप्रतिनिधि, कर्मचारी,राजनीतिक दलका प्रतिनिधि लगाएत सबैको सहकार्य रहेको भन्दै बरेङ गाउँपालिका लाई धन्यवाद ज्ञापन गर्नुभयो । बरेङ गाउँपालिका मा रहँदा धेरै कुरा सिक्ने र सिकाउने अवसर प्राप्त भएको र यहाँ बाट धेरै माया र सम्मान मिलेको भन्दै आगामी दिनमा थप उर्जा सहित राष्ट्र सेवामा लाग्ने प्रेरणा मिलेको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी,विभिन्न राजनीतिक दलका प्रतिनिधि,पत्रकार, सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम गाउँपालिकामा उपाध्यक्ष दिलकुमारी पुनको अध्यक्षता,अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता र शिक्षा शाखा प्रमुख शुर्य प्रशाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
« बरेङमा कोरोना संक्रमणको स्थिति भयाबह बन्दै ः ३९ संक्रमित थपिए «







