दर्ता. न‌: २४५/०६५/०६६

बरेङ ‍ःघर घरमै पुगेर कोरोना संक्रमित खोज्दै

२७ साउन ०७८ । बरेङ, हरिकुमार केसी । बागलुङको बरेङ गाउँपालिका ले घरघरमै पुगेर कोरोना संक्रमित खोज्न सुरु गरेको छ । गाउँपालिका भित्र कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि चेकजाँच गर्न स्वास्थ्य संस्था आउन नसक्ने तथा चेकजाँच गर्न अनिच्छा देखाउने व्यक्तिहरूलाई घरघरमै पुगेर श्वाव संकलन गरिएको हो ।

मंगलबार गाउँपालिकाको वडा नम्बर ४ को थप्लुङ र ढाव का ३० जना तथा वडा नम्बर ३ बाटाकाचौर का ८ जना गरी ३८ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले जानकारी दिनुभयो । यस्तै वडा नम्बर ४ ढावका ३ जना व्यक्तिको घरमै पुगेर एन्टीजिन परीक्षण गरिएको छ । परीक्षणमा ३ जनाको नै रिपोर्ट नेगेटिभ आएको छ l

बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर राना र स्वास्थ्य प्रमुख पुन सहित स्वास्थ्यकर्मीको उपस्थितिमा श्वाब संकलन गरिएको हो ।हाल बरेङ गाउँपालिकामा सक्रिय संक्रमितको संख्या १ सय ३२ जना रहेको छ । यसै बीच आज बरेङ गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राना सहितको टोलीले मास्क अभियान समेत सञ्चालन गरेको छ ।

« बरेङ गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत थापाको बिदाई «

» अनलाईन तिजको बिजेतामा पुन, उपबिजेता घर्ति »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal